गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०८:३२

उपनिर्वाचन : स्वामीकार्तिकमा समाजवादीले पनि घोषणा गर्यो उम्मेदवार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक ३०, २०८१
उपनिर्वाचन : स्वामीकार्तिकमा समाजवादीले पनि घोषणा गर्यो उम्मेदवार

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा चार दलिय प्रतिस्पर्धा हुने भएको छ । नेकपा एकीकृत समाजवादीले समेत आफ्नो उम्मेदवार सार्वजनिक गरेपछि पालिका उपाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा चार दलीय प्रतिस्पर्धा हुन लागेको हो । समाजवादीले जवा शाहीलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ ।

नेपाली काँग्रेसले पुल्तीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी (बुढा) र माओवादी केन्द्रले राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ । समाजवादीले अन्तिममा आएर आफ्नै उम्मेदवारलाई चुनाव लडाउने गरी उम्मेदवार घोषणा गरेको छ ।

काँग्रेस, माओवादी र समाजवादी मिलेर नै चुनाव लड्ने योजनामा रहेको समाजवादीले काँग्रेस र माओवादीको साथ नपाएपछि आफ्नै उम्मेदवार अघि सारेको हो । माओवादीले एक्लै चुनाव लडेपछि काँग्रेससँगको एलाइन्समा समाजवादी आशावादी देखिएको थियो ।

तर नेपाली काँग्रेसले आफ्नो उम्मेदवारलाई सघाए मात्रै सहकार्य हुने जवाफ दिएसँगै एक्लै चुनाव लड्ने तयारीमा देखिएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन हुन भएको छ । नेकपा एमालेले सर्वसम्मत सुरुमै सुलोचना कुमारी भण्डारी बुढालाई उम्मेदवार बनाएको थियो ।

भने माओवादीले ५ जना गाउँ कमिटीबाट सिफारिस गरेर नाम मध्येबाट राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ । यता नेपाली काँग्रेसले पनि नेकपा एकीकृत समाजवादीलाई मनाउन नसकेपछि अन्तिममा आएर आफ्नो उम्मेदवार पुल्तीसरा शाहीलाई अघि सारेको थियो । चार वटै राजनीतिक दलहरु बीच प्रतिस्पर्धा हुने भएपनि उपाध्यक्ष पदका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच नै कडा ठक्कर पर्ने देखिन्छ ।

स्थानीय तह २०७९ को निर्वाचनमा पनि काँग्रेसबाट उपाध्यक्षमा जितेकी जोशीले १ हजार ८ सय १० मत पाएर विजयी हुँदा एमालेका सुलोचना कुमारी भण्डारी (बुढा) ले १ हजार ६ सय ३७ मत ल्याएकी थिइन् । त्यो चुनावमा समाजवादीले आफ्नो उम्मेदवार नै बनाएको थिएन् । माओवादी केन्द्रका उम्मेदवार सुरेश बहादुर रोकायालाई सघाएको थियो ।

समाजवादी र माओवादीको सयुक्त उम्मेदवार सुरेश बहादुर रोकायाले १ हजार २ सय १३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए । अहिले चार दल अलग अलग चुनाव लड्ने अवस्थामा पुगेपछि नेपाली काँग्रेस र एमाले बीचमै प्रतिपस्र्धा हुने देखिएको हो । ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् ।

ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् । जुकोटबाट समाजवादी र काँग्रेसले उम्मेदवार बनाएको छ । भने नेकपा एमाले र माओवादीले साप्पाटा क्षेत्रबाट उम्मेदवार बनाएको छ । यता राप्रपाले पनि उम्मेदवार बनाउने घोषणा गरेपनि अझै नाम सार्वजनिक गरेको छैन् ।

रास्वपाले भने आफ्नो उम्मेदवार नै पाएको छैन् । स्वामीकार्तिकमा मैना देवी जोशीको निधनपछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

673608152e9fa

प्रतिक्रिया