बाजुरा : नेपाली काँग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । आगामी मंसिरमा १६ गते हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले जानकारी गराए ।
कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य रहेकी छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने ईच्छा राखेपनि सम्भव नभएको रावलले बताए ।
‘उहाँहरुले हाम्रो उम्मेदवारलाई सहयोग गर्न सक्नुहुन्छ । कांग्रेसको अरु दलको उम्मेदवारलाई सघाउने अवस्था छैन,’ रावलले गौमुल खबर डटकमसँग भने । काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको गत माघमा निधन भएकाले उक्त पालिकामा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया