बाजुरा : सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश प्रमुख देवराज जोशी यतिबेला जिल्ला दौडाहमा रहेका छन् । जिल्लाको समग्र अवस्था बुझ्न दौडाहमा रहेका छन् ।
आफु सबन्ध रहेको पार्टीको सूक्ष्म अध्ययन, प्रदेश प्रमुख भएको बेला गरिएका गतिविधि बारे जानकारी दिने गरी दौडाहमा रहेको बताएका छन् । बिहीबार गौमुल गाउँपालिका पुग्नुभएका जोशीले सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरेका छन् ।
विकास निर्माणका कामको बारे जानकारी लिने, जिल्लाको वस्तुस्थिति बुझ्ने र भौगलिक, राजनीति, सामाजिक विषयमा जानकारी लिने गौमुल खबर डटकसंग कुरा गर्दै बताएका छन् ।
आफु प्रदेश प्रमुख हुदाँ अप्रत्यक्ष रुपमा गृह जिल्लाको समग्र विषयमा चाँसो र चिन्ता राखेको बताउँदैं पछिल्लो समय निष्ठाको राजनीतिमा कमी आएको बताए ।
जिल्ला दौडाहका क्रममा राजनीति प्रति वितृष्णा पैदा भएको उल्लेख गर्दै जिल्लामा क्रियाशील राजनीतिक दलहरुले गम्भीर हुन जरुरी रहेको बताएका हुन् ।
नेपालको राजनीतिमा विकास निर्माणको ढाँचामा अझै परिवर्तन हुन नसकेकोले प्रदेश प्रमुख हुदाँ मन्त्रीहरुलाई बाजुराको विकासका लागि ध्यानाकर्षण गराएको बताए ।
आफ्नो राजनीति सुरुवात गरेदेखि हालसम्म जिल्लाले विकास निर्माणमा केही मुहार फेरेको भएपनि जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकिएको उल्लेख गरे ।
आफ्नो जिल्ला दौडाह कुनै स्वार्थ प्राप्त गर्ने गरी नभएर राजनीति जीवनमा क्रियाशील रहने संकेत गरेका छन् । बिहीबार गौमुल गाउँपालिकाले एक कार्यक्रमका बीच उनलाई स्वागत गरेको छ ।
कार्यबाहक अध्यक्ष कलक बहादुर सिंहको अध्यक्षतामा एक औपचारिक कार्यक्रमका बीच स्वागत गरिएको थियो । उक्त कार्यक्रममा जोशीले गौमुल गाउँपालिकाले विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको प्रति धन्यवाद दिदैं समग्र जनतालाई सन्तुलनमा राखेर विकास गर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया