गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ १०:१६

हुलाकको त्यो बेला ठुलो भूमिका थियो : कार्यबाहक अध्यक्ष सिंह

बाजुरा
रमित वि.क.
बुधबार, कार्तिक २८, २०८१
हुलाकको त्यो बेला ठुलो भूमिका थियो : कार्यबाहक अध्यक्ष सिंह

बाजुरा : गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलक बहादुर सिंहले हुलाकको विगत समयमा ठुलो भूमिका रहेको बताएका छन् । बुधबार गौमुल गाउँपालिका सिमधारामा हुलाक कार्यालय स्थापनाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

हुलाक सञ्चार पुरानो र भरपर्दा सञ्चार भएकोले त्यो बेला धेरै ठुलो भूमिका रहेको उल्लेख गरेका छन् । प्रविधिको विकाससंगै हुलाकको महत्व केही घटेको भएपनि पुरानो समयमा हुलाकले हरेक नागरिकलाई सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

हुलाकको अस्तित्व र महत्व छुट्टै भएकोले समय सान्दर्भिक परिवर्तन गर्नुपर्नेमा संघीय सरकारले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायाले समृद्ध गौमुलका लागि सबै क्षेत्रको सन्तुलित विकास हुन जरुरी रहेकोले हुलाकलाई समेत संगै लैजाने वचन दिएका छन् ।

आफ्नो वडा केन्द्रमै कार्यालय स्थापना भएकोमा खुसी व्यक्त गर्दै वडा सरकारका तर्फबाट हरेक बेला सहयोग रहनेमा जोड दिएका छन् ।

जिल्ला हुलाक कार्यालयका प्रमुख बुद्ध बहादुर सोमैको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलक बहादुर सिंह रहेका थिए ।

कार्यक्रममा गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नाथ विशिष्ट अतिथि रहेका हुन् ।

उक्त कार्यक्रममा पत्रकार महासंघ बाजुराका सचिव रमित विक, स्रोत व्यक्ति भरत थापा, प्रशासन सहायक कुलराज उपाध्या लगायतको सहभागीता रहेको थियो ।

हुलाक कर्मचारी जंग बहादुर मल्लले सञ्चालन गरेको कार्यक्रममा हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरु र स्थानीयको सहभागीता रहेको थियो । 

प्रतिक्रिया