डडेल्धुरा : गृह जिल्लामा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पूजाआजासँगै कार्यकर्ता भेटघाटमा व्यस्त छन्। उनले नेता-कार्यकर्तासँग संगठन र समसामयिक राानीतिक विषयमा अन्तरक्रिया गरेका हुन्। त्यस्तै प्रख्यात बडाला जाँतको अवलोकन गर्नुका साथै उनले गन्याप देवताको पूजाआजा गरेका थिए।
गन्यापधुरा गाउँपालिका-२ बडालमा रहेको लाटागन्याप देवताकाको पूजाआजा गरी बडाल जाँतमा दाईन दमाह, रुसिंग, भोकर बाजाको तालमा नांगो तरबार नचाएर चौलो खेलिन्छ। धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउसोको मेला शुभारम्भ हुन्छ।
प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरे पछि देवी देवताको दर्शन र आशिर्वाद प्राप्त हुने जनविश्वास छ। त्यस्तै देउवाले बुधबार जिल्ला कार्यसमितले आमन्त्रण गरेको बैठकमा सय दिने संकल्प यात्राबारे छलफल गर्नेछन्।
उनका स्वकीय सचिव भानु देउवाका अनुसार बुधबार नै नवदुर्गा गाउँपालिका-१ मा कार्यकर्ता र स्थानीयहरूसँग भेट गर्ने कार्यक्रम छ। बिहीबा अजयमेरु गाउँपालिका १ र २ मा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट गरी स्थानीय विकास निर्माणका विषयमा छलफल गर्ने उनले बताए।
प्रतिक्रिया