गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५६
Dho

डुम शब्द प्रयोग गरी गाली गर्ने अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष साउँद पक्राउ

pramit bk pramit bk
मङ्गलबार, फागुन १०, २०७८
डुम शब्द प्रयोग गरी गाली गर्ने अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष साउँद पक्राउ

बाजुरा : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद पक्राउ परेका छन् ।

एक जना दलितलाई अश्लिन शब्द प्रयोग गरी गालीगोलोज गरेको आरोपमा अध्यक्ष साउँदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएको छ ।

तीन दिन पहिले दलित समुदायका एक जनालाई डुम भन्ने शब्द प्रयोग गरेर गाली गरेको अडियोसहित उजुरी आएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी धनदेव साउँदले बताएका छन् ।

बडीमालिका–५ घर भएका साउँद हिजो बेलुका राति मार्तडी बजारबाट पक्राउ परेका हुन । पक्राउ परेका साउँदलाई जातीय छुवाछुत अन्तर्गत कसुरमा मुद्दा अगाडी बढाई म्याद थप भईसकेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया