बाजुरा : बाजुराका एक किशोर बेपत्ता भएको २ महिनापछि परिवारको सम्पर्कमा आएका छन् । गएको भदौ २२ गते कञ्चनपुर स्थित महेन्द्रनगरबाट बेपत्ता भएका जिल्लाको बुढीगंगा नगरपालिका–१० बदेडाका १५ वर्षीया निर्मल विक २ महिनापछि परिवारको सम्पर्कमा आएका हुन् ।
अध्ययनको शिलशिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका निर्मल २ महिना अघि आफ्नै कोठाबाट भागेर बेपत्ता भएका थिए । महेन्द्रनगरको साधारण माविमा कक्षा १० मा अध्ययनरत रहेका उनी २ महिनासम्म खोजी गरेपछि भारतको हरियाणा भन्ने ठाउँबाट कार्तिक २२ गते सम्पर्कमा आएको र केही दिनभित्र घरमा आईपुग्ने उनका दाई राकेश विकले जानकारी दिएका छन् ।
२ महिनादेखि बेपत्ता भएका निर्मलको छिमेकी देश भारतमा रहेका आफन्तहरु र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा खोजी कार्यका लागि खबर गरिएको थियो । भदौ २२ गते बेपत्ता भएका उनले कागजमा अंग्रेजी भाषामा उल्लेख गर्दै कोठामा मलाई नखोज्नु होला, म ठुलो र राम्रो मान्छे बनेर मात्र फर्केर आउँछु भनेर लेखेको चिठी कोठामा छाडेको भेटिएको थियो ।
प्रतिक्रिया