गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:१३

मसुरियाका पत्रकार सुरेश भूलका हत्याराहरुलाई कडा कारवाहीको माग

धनगढी
गाैमुल खबर गाैमुल खबर
सोमबार, कार्तिक २६, २०८१
मसुरियाका पत्रकार सुरेश भूलका हत्याराहरुलाई कडा कारवाहीको माग

धनगढी : मसुरिया पत्रकार सुरेश भूलको कुटपिट गरि हत्या गरिएको घटनाको विभिन्न पेशागत संघसंगठनहरुले विरोध गरेका छन । नेपाल पत्रकार महासंघ कैलाली, प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश कमिटि, सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली सहितका संघ संगठनहरुले विज्ञप्ती जारि गर्दै कुटपिटमा संलग्नहरुलाई कारवाहीको माग गरेका हुन ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले विज्ञप्ती जारी गर्दै घटनाका दोशीहरुलाई कारवाहीको मागगरिएको छ । प्रेस चौतारीका प्रदेश अध्यक्ष शिवराज भट्टले विज्ञप्ती जारी गर्दै भूलको हत्यामा संलग्नहरुलाई कारवाही गर्नुपर्ने र उनको परिवार र ब्यवसाय सुरक्षाको माग गरिएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल कैलालीका अध्यक्ष दिपक उपाध्यायले पनि विज्ञप्ती प्रकाशीत गर्दै कुटपिटमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन प्रहरीप्रशासनसँग मागगरिएको छ ।

प्रतिक्रिया