गाैमुल खबर डटकम मङ्गलबार २८, असोज २०८२ ०७:४१

हेलिकप्टर मार्फत बाजुरामा एक सुत्केरीको उद्धार

गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक २५, २०८१
हेलिकप्टर मार्फत बाजुरामा एक सुत्केरीको उद्धार

बाजुरा : बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आईतबार हिमाली गाउँपालिका–५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

रोकायाले कात्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् । भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाको एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए । 

उनले जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे अप्रेसन गरेर दोस्रो बच्चा जन्माएकी थिइन् । अहिले बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

दुई दिनदेखि जिल्ला अस्पतालमा रहेकी प्रेमकलाको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । 

प्रतिक्रिया