गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:१४

समृद्धिका लागि दौड आवश्यक : पर्यटनमन्त्री पाण्डे

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक २४, २०८१
समृद्धिका लागि दौड आवश्यक : पर्यटनमन्त्री पाण्डे

पाेखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समग्र समृद्धिका लागि दौड आवश्यक रहेको बताए । तेस्रो ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’को उद्घाटन गर्दै उनले यस प्रतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध झन प्रगाढ हुने बताए ।

चीन र नेपालबीच २०२५ मा पर्यटन वर्ष मनाउने सहमति भएको भन्दै उनले नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक विविधतामा भरपुर मनोरञ्जन लिँदै खेलमा सहभागी हुने अवसर प्राप्त भएको बताए । 'चर्को घाम लागेको छैन, पानी परेको छैन,' उनले भने, 'उत्तरमा माछापुच्छ्रे र दक्षिणतर्फ विश्वस्तुपा छ ।

आँगन फेवाताल । प्रतियोगिता सम्पन्न हुँदा घाम लाग्ने छ र फेवातालमा माछापुच्छ्रेको छायाँ देख्न पाउनुहुनेछ ।' यसैबीच पोखरा अन्तर्राष्ट्रय विमानस्थलमा उनले चीनका सहरमात्र नभई विभिन्न राष्ट्रका सहरबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड दिए ।

चीन सरकारले आज नै ७२ लाख बराबरको खेलकुद सामाग्री सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले खेलकुद र सांस्कृतिक सहकार्य गर्न चिनियाँ राष्ट्रपतिले नै पहल गरेको बताउँदै भ्रमण वर्ष २०२५ लाई पनि भव्य बनाइने बताए । आगामी वर्ष नेपाल र चीनको कुटनैतिक सम्बन्ध कायम भएको ७० वर्ष पुग्ने उनले स्मरण गरे । यस प्रतियोगितमा चार विधामा दौड सुरू भएको छ ।

Race is essential for prosperity: Tourism Minister Pandey

प्रतिक्रिया