गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ १०:१६

दसैं तिहारको विदा सकिएसंगै कार्यक्षेत्रमा फर्किन वडाको आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक २०, २०८१
दसैं तिहारको विदा सकिएसंगै कार्यक्षेत्रमा फर्किन वडाको आग्रह

बाजुरा : गौमुल गाउँपालिका–४ नम्बर वडाले दसैं तिहारको विदा सकिएसंगै कार्यक्षेत्रमा फर्किन वडाको सेवा क्षेत्रभित्रका कर्मचारीहरुलाई आग्रह गरेको छ ।

नेपालीहरुको महान चाड दसैं र तिहारको लामो विदा सकिएसंगै नियमित आफ्नो कामकाजमा फर्किन वडा अध्यक्ष अमर विकले अनुरोध गर्नुभएको हो ।

वडा अध्यक्ष विकले वडामा क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले जनताका दैनिक जीवनसंग जोडिन आग्रह गुर्नभएको हो ।

दसैं र तिहार विदा सकिएसंगै जनताहरु वडामा विभिन्न कामको लागि आउने भएका कारण कुनै पनि काम प्रभावित नहुने गरी समयमै उपस्थित हुन भनिएको छ ।

वडामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा कार्तिक २५ गतेबाट नियमित पठनपाठन सुरु गरिने भएकोले सम्पूर्ण शिक्षक र विद्यार्थीहरुले विद्यालयमा हाजिर हुनुपर्ने भएको छ ।

दसैं तिहारको विदामा शिक्षकले विद्यार्थीहरुलाई दिएको गृहकार्य गरे नगरेको सम्पूर्ण अभिभावकहरुले एकिन गरेर आफ्ना नानी बाबुहरुलाई विद्यालय पठाउन समेत अपिल गरिएको छ ।

सबै विद्यालयका शिक्षकहरुले समेत कार्तिक २४ गतेभित्र विद्यालयमा उपस्थित भई कार्तिक २५ गतेबाट दैनिक पठनपाठनमा सरिक हुन वडा सरकारले सूचना मार्फत जानकारी गरेको छ ।
 

प्रतिक्रिया