गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:२९

प्रधानमन्त्री ओली अस्वस्थ, बालुवाटारमै आराम गर्दै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, कार्तिक २०, २०८१
प्रधानमन्त्री ओली अस्वस्थ, बालुवाटारमै आराम गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

‘उहाँलाई ज्वरो आएको छ,’ उनले भने,‘उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।’ प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

अस्वस्थताका कारण उनले आज अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया