गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०३:०२

बैतडीमा बोकाले हान्दा एक महिलाको मृत्यु

बैतडी
गाैमुल खबर गाैमुल खबर
सोमबार, कार्तिक १९, २०८१
बैतडीमा बोकाले हान्दा एक महिलाको मृत्यु

बैतडी : बैतडीमा बोकाले हान्दा एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको आज (सोमवार) दिउँसो स्थानीय दोसिर भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।

खर काट्न गएकी पार्वती छिमेकीको बोका खरबारीमा आएपछि धपाउनेक्रममा बोकाले हान्दा लडेर करिब ५ सय मिटर तल भिरमा खसेकी थिइन्।

बोकाले हानेर ५ सय मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको सोहि वडाका वडा अध्यक्ष शम्भुप्रसाद भट्टले बताए। मृत भट्टको घरमा श्रीमान, चार छोरा र चार छोरी छन्।

प्रतिक्रिया