बाजुरा : गौमुल गाउँपालिका–५ मा ३ बढी परिवार नेपाली काँग्रेस त्यागेर नेकपा (एमाले) मा प्रवेश गरेका छन् । २०४६ सालदेखि नेपाली काँग्रेसका क्रियाशील सदस्यहरु एक साथ प्रवेश भएका हुन् ।
कार्यकर्ता भईरहनुपर्ने र काँग्रेस नेताहरु भोट माग्ने बेला मात्र गाउँमा आएर आश्वासन बाड्ने र विकासको नाममा केही सिन्को नभाँच्ने गरेको निष्कर्षका साथ सिंगो परिवार समाहित भएका छन् ।
प्रवेश हुनेमा ८० वर्षीया वैशागे रोकाया, भीमलाल रोकाया र जित विक रहेका छन् । उनीहरुको परिवार सहित प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेकपा (एमाले) केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापा, प्रदेश कमिटी सदस्य कलक बहादुर सिंह, जिल्ला अध्यक्ष लालबहादुर ओली, सचिवालय सदस्य सीता थापा लगायतका नेताहरु स्वागत गरेका हुन् ।
मंगलबार नेकपा (एमाले) गौमुल गाउँपालिका–५ नम्बर वडा कमिटीले आयोजना गरेको दसैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रमका अवसरका उनीहरु पार्टी प्रवेश भएका हुन् ।
प्रतिक्रिया