बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले खेल क्षेत्रमा क्रियाशील युवाहरु समाज परिवर्तनमा समेत जागरुक हुन जरुरी रहेको बताएकी छन् । गौमुल गाउँपालिका–४ नम्बर वडामा आयोजित साविकको टोल स्तरीय भलिबल प्रतियोगीताको सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले युवाहरुले समाजमा सकरात्मक भूमिका खेल्नुपर्नेमा जोड दिदैं समाजको विकासका लागि युवा जाग्नुपर्ने बेला आएको उल्लेख गरेकी हुन् । युवाहरुले समाज बनाउने सपना देख्नुपर्ने विचार राख्दै व्यवसायीक बन्न समेत अनुरोध गरेकी छन् ।
गाउँपालिका र वडापालिकाले प्रत्येक वर्ष दसैं तिहारमा भेटघाट गर्ने सु–अवसरका लागि कार्यक्रम आयोजना गर्दै आएको स्मरण गराएकी हुन् । खेलकुदले शारीरिक, मानसिक र सामाजिक रुपमा सफल बनाउन भूमिका खेल्ने भएकोले लुकेका प्रतिभा प्रस्फुटन गर्न आग्रह गरेकी छन् ।
कार्यक्रममा बोल्दैं गौमुल गाउँपालिका–५ का वडा अध्यक्ष कलक बहादुर सिंहले दसैं तिहारमा वर्षौपछि भेट हुने भएकोले आत्मियताका साथ खेल खेल्न सुझाव दिएका छन् ।
सोही कार्यक्रममा गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर विकले खेलसंगै युवाहरु अनुशासित हुन आग्रह गरेका छन् । विश्वका हरेक खेलाडीहरु अनुशासन बिना सफल बन्न नसक्ने भएकोले मानव पहिचानका लागि समेत अनुशासन चाहिनेमा जोड दिएका छन् ।
माउन्टेन भिजन युवा क्लवका अध्यक्ष भूपाल रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा रहकी हुन् ।
कार्यक्रममा गौमुल गाउँपालिका–५ का वडा अध्यक्ष कलक बहादुर सिंह, गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर विक, एमाले जिल्ला कमिटी सदस्य धनलक्ष्मी जैशी, एमाले गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया विशिष्ट अतिथि रहेका थिए ।
उक्त कार्यक्रममा पूर्व एमाले जिल्ला कमिटी सदस्य कर्ण बुढा, कार्यपालिका सदस्य चक्र सार्की, वडा सदस्य तुसार सार्की, मंगल धामी, जना सार्की, गीता रोकाया ईलाका प्रहरी कार्यालयका प्रमुख कमलसिंह भण्डारी लगायतको सहभागीता रहेको थियो ।
भलिबल प्रतियोगीतामा साविकको मानाकोट गाविसका करिव १६ बढी महिला पुरुषहरुको टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिक्रिया