गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०८:३४

तीन लाख धनराशीको छेडेदह गोल्ड कप सुरु, प्रदेश सांसद शाहीद्धारा उद्घाटन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, कार्तिक ०३, २०८१
तीन लाख धनराशीको छेडेदह गोल्ड कप सुरु, प्रदेश सांसद शाहीद्धारा उद्घाटन

बाजुरा : तीन लाख धनराशीको छेडेदह गोल्ड कप २०८१ आजबाट सुरु भएको छ । लगातार छैटौं पटक आयोजना गर्दै आएको छेडेदह स्पोर्टस् क्लबले यो पटकबाट भने गोल्डकपको रुपमा आयोजना गरेको हो । कार्तिक ३ देखि १० गतेसम्म हुने गोल्डकपको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाहीले गरेका छन् ।

पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।

छेडेदह  स्पोर्टस् क्लवका कार्यबाहक अध्यक्ष लक्ष्मण ओलीको अध्यक्षतामा सञ्चालन भएको छेडेदह गोल्डकप छैटौं संस्करण समुद्घाटन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सदस्य पदमबहादुर शाही रहेका थिए । गोल्ड कप उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य जुना दानी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली, नेपाली काँग्रेस जिल्ला सचिव तिलकराज पुरी, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावत विशिष्ट अतिथि रहेका थिए ।

यस्तै बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा, त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा बडीमालिका नगरपाालिका उपप्रमुख नन्दा थापा, त्रिवेणी नगरपालिका उपप्रमुख कमला न्यौपाने, गौमुल गाउपालिका उपाध्यक्ष सीता थापा र खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिशुदेवी नाथ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापा लगायत अतिथि थिए ।

कार्यक्रमको स्वागत खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिशु नाथले गरेकी थिइन् भने सञ्चालन क्लबका सह–सचिव नरेश नाथले गरेका थिए । आज पहिलो दिन उद्घाटन खेल राजनीतिक दल र नागरिक समाज बीच भएको थियो । आयोजक बाहेक १० बढी टिम सहभागी रहने खेलमा विजेतालाई ३ लाख र उपविजेतालाई २ लाख पुरस्कार राशी राखिएको छ ।

यो सुदूरपश्चिमको पहाड जिल्लाको सबैभन्दा बढी धनराशीको प्रतियोगिता हो । खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्टस् क्बलको सयुक्त सहकार्यमा गोल्ड कप आयोजना गरिएको हो । “खेल क्षेत्रको शान, छेडेदह गोल्डकप बाजुराको पहिचान” भन्ने नारा दिएर आयोजना गरिएको हो । गोल्डकप एन्फा रेफ्रीको टिमले खेलाउने भएको छ भने गोल नेपालबाट प्रत्यक्ष लाईभ गरिने भएको छ ।

आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगीता आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरीका रुपमा विकास गर्न प्रतियोगीतालाई निरन्तरता दिदैं आएको छ । गोल्डकपमा उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ता गरी पाँच विधामा थप पुरस्कार दिइने छ ।

 खेलकुदको उदेश्य बोकेर दर्ता भएका क्लबको हकमा मात्रै मान्य हुनेछ । भने पालिकाको लिखित सिफारिस पत्रमा पनि खेलाडीको समेत नाम उल्लेख गरी पठाउनुपर्ने प्रावधान राखिएको अध्यक्ष लोकेन्द्र खड्काले जानकारी दिएका छन् ।

दशरथ माविको खेल मैदानमा हुने आयोजनाको व्यवस्थापनका लागि करिब १५ लाख बढीको लागत लाग्ने अनुमान छ । खेलमा भाग लिने र हेर्न आउनेहरुले प्रेमताल, ऐतिहासिक कुडीकोट दरबार, शिरमा रहेको बडालेक, डाँडासैन जस्ता पर्यटकीय स्थानको अवलोकन गर्न पाउनेछन् ।

प्रतिक्रिया