गाैमुल खबर डटकम शुक्रबार ०२, कार्तिक २०८१ ०७:०५
दसैंको शुभकामना ९ वटै स्थानीय सरकारका

बैतडीमा अचम्मैको घटना किशोरी गायब, प्रहरी हवल्दार हिरासतमा

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक ०१, २०८१
बैतडीमा अचम्मैको घटना किशोरी गायब, प्रहरी हवल्दार हिरासतमा

धनगढी : बैतडीमा अचम्मको घटना घटेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ की करिब १७ वर्षीया किशोरी बेपत्ता भएपछि बरिष्ठ प्रहरी हवल्दार कृष्णराज जोशीलाई प्रहरी हिरासतमा राखिएको छ। किशोरी बेपत्ता भएको चारदिनपछि आफन्तले उनै प्रहरी हवल्दार जोशी विरुद्ध किटानी जाहेरी नै दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीमा किशोरीका आफन्तले प्रहरी हवल्दार जोशीको नाममा किटानी जाहेरी दिएका हुन्।किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता बनाएको आरोप छ। तर यस्तो आरोप प्रहरी हवल्दारले स्वीकार भने गरेका छैनन्। पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत हवल्दार जोशी विरुद्ध अदालतमा समेत मुद्दा दायर गरिएको छ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बैतडीले अदालतबाट पक्राउ पुर्जी लिएर आरोपित हवल्दार जोशीलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार जोशीले बेपत्ता किशोरीलाई भेट्न बोलाएका प्रमाण र तस्बिरसँगै निकटतम सम्बन्धमा रहेर बनाएका भिडियो समेत आफूहरुसँग सुरक्षित रहेको दाबी आफन्तले गर्दै आएका छन्।

हवल्दार जोशीले भने प्रहरीसँगको बयानमा किशोरीसँग चिनजान रहेको तर बेपत्ता पारेको भन्ने विषयमा सत्यता नभएको बताएका छन्। किशोरी बेपत्ता भएको ५ दिन भइसकेको छ। तर अहिलेसम्म कुनै अत्तोपत्तो भने लागेको छैन्। जिल्ला प्रहरी कार्यालय बैतडीबाट बेपत्ता किशोरीको खोजी गर्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको भए पनि अहिलेसम्म कुनै पत्तो लागेको छैन्।

महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार जोशीलाई शुक्रबार नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार नियन्त्रणमा लिएको बताए।

किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। स्थानीयले जोशीलाई महाकाली पारी भारततर्फबाट नियन्त्रणमा लिएका थिए। स्थानीयले दाम्लोले बाँधेर जोशीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। दिनेश खबरबाट

प्रतिक्रिया