गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०८:४८

खेलाडी अनुशासनको दायरामा बस्नुपर्छ : उपाध्यक्ष थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज २२, २०८१
खेलाडी अनुशासनको दायरामा बस्नुपर्छ : उपाध्यक्ष थापा

बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले खेलाडीहरु अनुशासनको दायरामा बस्न जरुरी रहेको बताएकी छन् । २ नम्बर वडाले आयोजना गरेको भलिबल प्रतियोगीता तथा शुभकामना आदान प्रदान कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

समाज युवाकै काँधमा रहेको उल्लेख गर्दै संस्कारी बन्नुपर्नेमा जोड दिदैं शिक्षित बौद्धिक बन्न आग्रह गरेकी छन् । पछिल्लो समय युवाहरु समाज भन्दा पनि फरक तरिकाले प्रस्तुत हुने गरेकोले समाजसंग घुलमिल हुन् अनुरोध गरेकी छन् । आफुहरु जनताको साथमा रहेकोले जनताका समस्या यावत् रहेकोले क्रमिक समाधान गरिने वचन दिएकी छन् ।

सडक सञ्जालसंग वडाहरु जोड्ने आफुहरुको प्रयास जारी रहेकोले अबको एक वर्षभित्र १ र २ नम्बर वडामा सडक पुग्ने विश्वास दिलाएकी छन् । बजेटको समस्याले सबै समस्या समाधान गर्न नसकिएको स्वीकार गर्दै वडा मार्फत जनताहरुले समस्या लिएर आउन अपिल गरेकी छन् ।

दसैं तिहारमा कुनै पनि उच्छृङखल गतिविधिमा संलग्न जो कोहीलाई पनि स्थानीय सरकारको कानुन बमोजिक कारबाही गरिने बताएकी छन् । संस्कृतिको जगेर्ना र कुरितिको अन्त्यका लागि सबैको साथ, सहयोग अपरिहार्य रहेको बताएकी छन् ।

कार्यक्रममा बोल्दैं वडा अध्यक्ष देव बहादुर रोकायाले खेलप्रति युवाहरुको आकर्षण बढाउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् । युवाहरुको समाज भन्दा पनि आफ्नै प्रविधि हावी हुनु दुःखको विषय भएकोले यसमा गम्भीर हुन सुझाव दिएका छन् ।

जुनतारा युवा क्लवका अध्यक्ष कृष्ण धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा रहनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष देव बहादुर रोकाया विशिष्ट अतिथि रहनुभएको थियो ।

उक्त कार्यक्रममा कार्यपालिका सदस्य जवा सार्की, वडा सदस्य प्रेम रोकाया, देव बोहरा, माओवादी केन्द्र जिल्ला कमिटी सदस्य महेन्द्र धामी, एमाले गौमुल गाउँ कमिटी सचिव धन बहादुर बोहरा, गौमुल मिडिया हाउस प्रा.लि.का प्रकाशक रमित विक लगायत स्थानीयको सहभागी रहेको थियो ।

वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगीतामा ८ पुरुष र ८ महिला गरी १६ टिमको सहभागीता रहेको थियो । आज भएको पहिलो चरणका खेलहरुमा पुरुषतर्फको ४ टिम र महिलातर्फ एक टिम खेलबाट बाहिरिएका छन् । 

प्रतिक्रिया