बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले दसैं तिहारमा सभ्य समाजको सन्देश दिन आग्रह गरेकी छन् । ६ नम्बर वडाले आयोजना गरेको भलिबल प्रतियोगीता तथा शुभकामना आदान प्रदान कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
खेल क्षेत्रको विकास गरी वडा तथा पालिकाकै शिर उचो बनाउने खालको सन्देश दिन खेलाडीलाई अनुरोध गरेकी छन् । पछिल्लो समय भलिबलसंगै क्रिकेट प्रतिको समेत मोह बढ्न थालेको उल्लेख गर्दै थप क्रिकेट खेलका समेत गतिविधि सञ्चालन गर्न प्रयास गर्नेमा जोड दिएकी छन् ।
दसैं तिहारमा कुनै पनि उच्छृङखल गतिविधिमा संलग्न जो कोहीलाई पनि स्थानीय सरकारको कानुन बमोजिक कारबाही गरिने बताएकी छन् । वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगीता पुरुषतर्फ प्रथम संगम युवा क्लव सटेडा, द्धितिय शान्तिटोल तेस्रो टाँडाकोट टोल भएका छन् ।
त्यस्तै महिलतर्फ प्रथम बसाला टोल, द्धितिय चौड टोल र तेस्रो जिल्ला टोल सटेडा भएको खेल संयोजक वीर बहादुर रोकायाले बताएका छन् । वडा अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा रहनुभएको थियो ।
असोज २० गतेबाट सञ्चालन भएको प्रतियोगीता २ दिनसम्म सञ्चालन गरिएको थियो । प्रतियोगीतामा वडाभरिका १० पुरुष र ८ महिला गरी १८ टोलको सहभागी रहेको थियो ।
प्रतिक्रिया