गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०९:४४

दसैं तिहारमा पार्टीका नेता कार्यकर्ता सभ्य बन्नुपर्छ : प्रदेश कमिटी सदस्य सिंह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज २१, २०८१
दसैं तिहारमा पार्टीका नेता कार्यकर्ता सभ्य बन्नुपर्छ  : प्रदेश कमिटी सदस्य सिंह

बाजुरा : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा गौमुल ईन्चार्ज कलक बहादुर सिंहले पार्टीका नेता तथा कार्यकर्ताले सभ्यताको पहिचान दिन आग्रह गरेका छन् । एमाले गौमुल गाउँ कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।

दसैं तिहार जस्ता चाडबाडमा कुनै पनि प्रकारका गलत गतिविधिमा पार्टीका नेता तथा कार्यकर्ताले संलग्न नहुन निर्देशन दिएका छन् । अरुलाई अप्ठ्यारो पार्ने खालको भड्किलो गरी दसैं तिहार नमनाउन अपिल गर्दै धर्म र संस्कार अनुसार रमाउन समेत अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दैं जिल्ला कमिटी सचिवालय सदस्य तुलसीराम रोकायाले कम्युनिष्टको खोल ओढेर विलासी जीवन विताउने पार्टीको नेता तथा कार्यकर्ता नहुने बताएका छन् । कम्युनिष्टको जीवनशैली सरल तरिकाले जिउने हुनुपर्नेमा जोड दिदैं यस्तो खालको कुरामा गम्भीर हुन सुझाव दिएका छन् ।

दसैं तिहार आफुसंग भएको कुरामा मात्र रमाउनुपर्नेमा जोड दिदैं मदिरा सेवन गरी होहल्ला नगर्ने कार्यकर्ता अनुरोध गरेका छन् । उक्त कार्यक्रममा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य सीता थापाले गाउँमा सभ्य र सुसंस्कृत तरिकाले चाडबाडमा रमाउन आग्रह गरेकी छन् ।

मदिरा सेवन गर्ने र समाजलाई विभाजित पार्ने खालका गतिविधिमा संलग्न हुने कार्यकर्ता हुन नसक्ने बताएकी छन् । जिल्ला कमिटी सदस्य गोरख बोहराले दसैं तिहारलाई उत्सव रुपमा समेत नलिन आग्रह गरेका छन् ।

गाउँ कमिटी अध्यक्ष मोहन रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम पार्टी प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य, गाउँ कमिटीका पदाधिकारी तथा सदस्य लगायत कार्यकर्ताको सहभागीता रहेको थियो । 

प्रतिक्रिया