बाजुरा : गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले पालिकाको समग्र खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार हरदम तयार रहेको बताएकी छन् ।
गाउँपालिकाको वडा नम्बर–६ को आयोजनामा विजया दशमीको शुभकामना आदान प्रदान तथा टोल स्तरीय महिला पुरुष भलिबल प्रतियोगीताको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
सरकारले हरेक वर्ष र अन्य समयमा विभिन्न खेलकुदका गतिविधि सञ्चालन गरी खेलाडीहरुलाई प्रोत्साहन गरिरहेको उल्लेख गर्दै यसमा स्वयंम खेलाडी अनुशासित भएर खेलकुदमा संलग्न हुनुपर्नेमा जोड दिएकी छन् ।
खेलका माध्यामबाट खेलाडीहरुले पालिकाको शिर उचो बनाउनुपर्ने बताउदैं अनुशासनको दायरामा रहेर खेल खेल्न निर्देशन दिएकी छन् ।
स्थानीय सरकारले खेल क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराखेको स्मरण गर्दै हरेक वडामा गरिने खेलकुदका गतिविधि स्वस्थ तरिकाले मनाउन आग्रह गरेकी छन् ।
वडा अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा रहकी थिईन् ।
कार्यक्रममा गौमुल गाउँपालिकाका–५ का वडा अध्यक्ष कलक बहादुर सिंह, एमाले जिल्ला कमिटी सदस्य गीता रोकाया, वडा सदस्य कलक चदाँरा, धना विक, एमाले लेखा आयोग गौमुलका अध्यक्ष चन्द्र रोकाया, ईलाका प्रहरी कार्यालयका प्रमुख कमलसिंह भण्डारी लगायत अन्य स्थानीय बुद्धिजीविहरुको सहभागीता रहेको थियो ।
वडा कार्यालयको केन्द्र घट्मुनामा आयोजित कार्यक्रममा वडाका सम्पूर्ण टोलबाट पुरुष १० टिम र महिला ८ वटा गरी १८ टिमको सहभागीता रहेको खेल संयोजक वीर बहादुर रोकायाले बताएका छन् । खेलहरु नकआउट सिस्टमबाट खेलाईने भएको छन् ।
प्रतिक्रिया