गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०२:२२

उपकरण मर्मतपछि राष्ट्रिय परिचय पत्र बनाउन सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज १८, २०८१
उपकरण मर्मतपछि राष्ट्रिय परिचय पत्र बनाउन सुरु

बाजुरा : एक सातादेखि अवरुद्ध बनेको राष्ट्रिय परिचय पत्र बनाउने कार्य पुनः सुचारु नियमित भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले शुक्रबार एक सूचना गरी पुनः नियमित सञ्चालनमा आएको बताईएको छ ।

राष्ट्रिय परिचय पत्र बनाउने मेसिनमा प्राविधिक समस्या आएपछि बन्द भएको सेवा शुक्रबारबाट सुचारु भएको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी मण्डलको हस्ताक्षरित सूचना अनुसार राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको आईरिस उपकरण बिग्रपछि सेवा अवरुद्ध भएको थियो ।

राष्ट्रिय परिचयपत्र बिग्रिएको उपकरण जिल्लाभित्र मर्मत गर्न सम्भव नभएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौंमा मर्मत गरिएको हो ।

सेवा अवरुद्ध हुँदा एक सातादेखि नयाँ नागरिकता बनाएका र पुराना नागरिकता भएका सेवाग्राहीले सेवा पाउनबाट बञ्चित भएका थिए ।
 

प्रतिक्रिया