गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:२२

अखिल क्रान्तिकारीको बन्दसत्रमा कुटाकुट

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, असोज १४, २०८१
अखिल क्रान्तिकारीको बन्दसत्रमा कुटाकुट

काठमाडौं : माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा जारी महाधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको छ । उमेदवार बन्न र विद्यार्थी संगठनमा रहन उमेर हदबन्दी लागु गर्ने र नगर्ने पक्षबीच झडपको स्थिति आएको क्रान्तिकारीका एक नेताले जनाए ।

‘संगठनमा उमेरको हदबन्दी लागु गर्ने नगर्ने बिषयमा मतदान गर्ने कुरा थियो,’ उनले भने, ‘तर त्यसका लागि महाधिवेशन हलमा प्रवेश गर्न बित्तिकै दुई पक्षबीच झडप भयो ।’ कुर्सी तोडफोड गर्नुको साथै एक अर्को पक्षबीच धकेला धकेल भएको सहभागी विद्यार्थीहरुले जनाए । झडपको स्थिति आएपछि प्रहरी समेत परिचालन गरिएको थियो । महाधिवेशनको बन्दसत्र स्थगित भएको छ ।

असोज १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उद्घाटन गरेका थिए । क्रान्तिकारीको अध्यक्ष बन्न एक दर्जन भन्दा बढि आंकाक्षी देखिएका छन् । आंकाक्षी धेरै भएपछि दाहालले सोमबार बिहान क्रान्तिकारीका पदाधिकारीलाई डोकेर उमेर हदबन्दी लागु गर्ने कि नगर्ने भन्ने बिषयमा निर्ष्कष निकाल्न निर्देशन दिएका थिए । सकभर पार्टीले हस्तक्षेप नगर्ने उनको भनाई थियो ।

त्यसपछि निर्वाचनको माध्यमबाट उमेर हदबन्दीको विषय टुंगो लगाउने प्रयास भएको थियो । त्यसको पक्षमा रहने र नरहनेबीच झडपको स्थिति आएको क्रान्तिकारीका एक उपाध्यक्षले बताए । उमेरहन्दी लागु गर्न नहुने पक्षमा उपाध्यक्ष तुकमान महरा, पवन कार्की लगायत नेताहरु देखिएका थिए ।

उमेर हन्दबन्दीको पक्षमा नेपाल ल क्याम्पसका स्ववियु सभापति बिष्णु ढुंगेल लगायत क्याम्पसमा पढ्दै गरेका विद्यार्थीहरु देखिएको महाविधेशन प्रतिनिधिहरुले जनाए । उमेर हदबन्दी लागु गर्दा २८, ३० वा ३२ वर्ष कायम गर्ने भनिएको छ ।

क्याम्पसहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २८ वर्षे उमेरहद् लागु गरिएको छ । उमेद्वार र उमेरका बिषयमा बिवाद हुँदा क्रान्तिकारीको महाधिवेशन सुरु भएको चौथौं दिनसम्म प्रतिनिधि समेत टुंगो लाग्न सकेको छैन । २३ सय २३ जना प्रतिनिधि रहने व्यवस्था भएपनि टुंगो लाग्न नसकेको ती उपाध्यक्षले बताए ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट क्रान्तिकारीका विद्यार्थी प्रतिनिधि काठमाडौं आएका छन् । महराले महाधिवेशन व्यवस्थित हुन नसकेको बताए । ‘प्रतिनिधि छनोट पनि व्यवस्थिति भएनन, एक्कासी महाधिवेशनमा उमेरहदको कुरा ल्याईयो ।,

उमेरहद् लागु गर्न हुदैंन भनेर बन्दसत्र स्थलमा हाम्रो कुरा राखेका हौं,’ उनले भने, ‘उमेर केहि होइन विचार ठूलो कुरा हो ।, उमेरहद लागु गर्नु हुँदैन । नेता बन्न हतार भएकाहरु उमेरहद्को पक्षमा लागेको उनले आरोप लगाए । महराले भने, ‘उमेरहद लागु गरेर पुरानो टिम हटाउन खोजिएको छ ।’

प्रतिक्रिया