बाजुरा : नेकपा (एमाले) जिल्ला कमटिी बाजुराले शनिबारबाट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । तीनदिन सदरमुकाम मार्तडीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रचार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् ।
असोज १२ गतेदेखि १४ गतेसम्म प्रशिक्षण दिन पार्टी केन्द्रीय कमिटी उपमहासचिव प्रदीप ज्ञवाली बाजुरा सदरमुकाम मार्तडी पुगेका छन् । एमालेले योजनाबद्ध ढङ्गले देशभर प्रशिक्षण सञ्चालन गरिरहेको छ । नेता कार्यकर्ताको स्तर हेरेर एमालेले स्कुलिङ्ग सञ्चालन गरिरहेको छ ।
पार्टीले आधारभूत तहको स्कुल, माध्यमिक, उच्च, विशिष्ट तहको गरी चार तहका प्रशिक्षण सञ्चालन गर्ने जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । प्रशिक्षण कार्यक्रममा एमाले नेता ईश्वरी रिजालले पनि प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
जिल्ला कमिटी सदस्य, लेखा आयोग अध्यक्ष, गाउँ नगर कमिटीका अध्यक्ष लगायतको प्रशिक्षण कार्यक्रममा सहभागीता रहने भएको छ ।
प्रतिक्रिया