बाजुरा : बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् ।
उनको मंगलबार राति चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभएको छ ।
साथै सोही टोलका ७ वटा घरहरु चट्याङका कारण चर्किएको बुढीगंगा नगरपालिकाका नगर उप–प्रमुख माया (कुवँर) खड्काले प्रत्यक्ष स्थलबाट बताएकी छन् ।
अहिले नगरपालिकाको टोली प्रत्यक्ष घटना स्थलमा गएर घटनाको बारेमा जानकारी लिएको छ भने अन्य अवस्थालाई बुझेको छ ।
घटनाको बारे जानकारी लिन बुढीगंगा बुढीगंगा नगरपालिकाका नगर उप–प्रमुख माया (कुवँर) खड्काको नेतृत्वमा वडा अध्यक्ष मीन बहादुर शाह, टाँटे प्रहरी चौकीको टोली पुगेको हो ।
प्रतिक्रिया