गाैमुल खबर डटकम शुक्रबार ०२, कार्तिक २०८१ ०५:१४
दसैंको शुभकामना ९ वटै स्थानीय सरकारका

पीसविनद्धारा एकद्धारा संकट व्यवस्थापन केन्द्र र सुरक्षित आवास गृहको अवस्था बारे जानकारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज ०८, २०८१
पीसविनद्धारा एकद्धारा संकट व्यवस्थापन केन्द्र र सुरक्षित आवास गृहको अवस्था बारे जानकारी

बाजुरा : पीसविन नेपालद्धारा जिल्ला सदरमुकाम मार्तडीमा रहेको एकद्धारा संकट व्यवस्थापन केन्द्र र सुरक्षित आवास गृहको अवस्था बारे जानकारी लिएको छ ।

जिल्लामा सञ्चालित एकद्धारा संकट व्यस्थापन केन्द र सुरक्षित महिला आवास गृहमा सञ्चालन हुने गतिविधि बारे जानकारी लिएको पीसविनद्धारा सञ्चालित शसक्त महिला समृद्ध नेपालका पालिका अधिकृत कृष्ण बोहराले बताएका छन् ।

गतिविधिका बारेमा जानकारी लिदैं सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा सुविधा र अवस्था बारे प्रत्यक्ष कार्यालयमा पुगेर बुझेको बताईएको छ ।

पीसविनद्धारा सञ्चालित सशक्त महिला समृद्ध नेपालले लैङ्गिक हिंसा रोकथाम अन्त्य गर्नका लागि जिल्लामा काम गर्दै आएको छ ।

सोही अनुसार उक्त कार्यक्रमले एकद्धारा संकट व्यस्थापन केन्द र सुरक्षित महिला आवास गृहमा पुगेर सञ्चालित गतिविधि र अवस्था बारे बुझेको हो ।

शसक्त महिला समृद्ध नेपाल कार्यक्रममा युनिसेफ, आईएलो, युएनओमन, युएनएफपीएले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन् ।

यसमा युएनएफपीएको सहयोगमा पीसविन नेपालद्धारा जिल्लामा लैङ्गिक हिंसा रोकथाम अन्त्य गर्नका लागि विगत केही वर्षदेखि सञ्चालनमा रहेको छ ।

गतिविधि बारे जानकारी लिन बृहत यौनिकता शिक्षा तालिम प्राप्त शिक्षकहरु, अभिभावक, सामुदायिक सहजकर्ता, साथी सहजकर्ता र रुपान्तरण कक्षामा सहभागी किशोर किशोरीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया