बाजुरा : पत्रकार संगीता तिमिल्सेना युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकी छन् । आईतबार प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिक उत्सव समारोहकाबीच पत्रकार तिमिल्सेना पुरस्कृत हुनुभएको हो ।
दुर्गम हिमाली जिल्ला बाजुरालाई कार्यक्षेत्र बनाउँदै सक्रिय पत्रकारिता गर्दै आउनु भएकी तिमिल्सेना प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित हुनु भएको हो ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित औपचारिक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलको सम्पस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले नगदसहित सम्मान पत्रका साथ सम्मानित गर्नुभएको हो ।
लामो समयदेखि दूरदराजमा रहेर कलम चलाउँदै आएकी तिमिल्सेना गोरखापत्र राष्ट्रिय दैनिक बाजुरा प्रतिनिधि र किनारा न्युज डटकम नामक अनलाईनको कार्यकारी सम्पादकको रूपमा काम गर्दै आउनु भएको छ ।
यसका साथै उहाँ प्रेस युनियन बाजुराको अध्यक्ष र नेपाल पत्रकार महासंघ बाजुराको उपाध्यक्षको जिम्मेवारी समाल्दै आउनु भएको छ ।
प्रतिक्रिया