गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ११:५३

म डराएको छैन, अस्ति पनि झोला बोकेरै आएको थिएँ : रवी लामिछाने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असोज ०८, २०८१
म डराएको छैन, अस्ति पनि झोला बोकेरै आएको थिएँ : रवी लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको बताएका छन् ।मंगलबार फेसबुक लाइभ गर्दै लामिछानेले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार भएको बताएका हुन् ।

‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला बोकेरै आएको थिएँ’, उनले भने । गत ६ असोजमा गोर्खा मिडिया नेटवर्क मार्फत भएको सहकारी बचत रकम अपचलनको आरोपमा छविलाल जोशी पक्राउ परेका थिए । जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछानेले आफूलाई पनि सरकारले पक्राउ गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया