गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०७:१६
Dho

सहकारी छानबिन समिति प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ३१, २०८१
सहकारी छानबिन समिति प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

काठमाडौं : सहकारी अपचलनसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने जिज्ञासामा सदस्यहरुले हामीसँग यसको प्रक्रियाबारे भिन्न भिन्न कुरा गरे । समितिमा रहेका माओवादी सांसद लेखनाथ दाहालले भने, ‘यो समितिले दिने प्रतिवेदन अरु संसदीय समिति प्रतिवेदनजस्तो होइन ।

यसमा व्यक्तिलाई तोकेर कारबाही र अभियोजनका लागि सिफारिश नै गरिएको हुनाले आज संसदमा पेशमात्रै हुन्छ, सार्वजनिक हुँदैन ।’ तर अर्का सदस्य तथा राप्रपा सांसद ध्रुवबहादुर प्रधानका अनुसार यो प्रतिवेदन आज संसदमा टेबुल हुनासाथ स्वतः सार्वजनिक हुन्छ ।

‘संसदको सम्पत्ति भएपछि त स्वतः जनताको भइहाल्यो नि, त्यसैले आजै सार्वजनिक हुन्छ,’ प्रधानले अनलाइनखबरसँग भने । केही सदस्यहरुले हस्ताक्षर गर्न अझै बाँकी रहँदा केही कन्टेन्टलाई लिएर मतभेद पनि रहेको स्रोतले बतायो ।

प्रधानले भर्न भर्खरै आफूले हस्ताक्षर गरेर सिंहदरबारबाट संसद आएको बताए । हस्ताक्षर नै बाँकी रहेको अवस्थामा संसदमा कसरी पेश होला भन्ने आशंकाबीच उनले सबैको हस्ताक्षर हुने आशा व्यक्त गरे ।

उसोभए सहकारी समितिको २ हजार पृष्ठ लामो प्रतिवेदन आज सार्वजनिक हुन्छ या कहिले सार्वजनिक हुन्छ ? यो जिज्ञासाको समाधान गरे, स्वयं समितिका सभापति सूर्य थापाले । गाैमुल खबरसँग कुरा गर्दै थापाले भने, ‘आज संसदमा पेश हुनेमात्रै हो ।

संसदले पारित गरेपछि यो सरकारलाई पठाउन सभामुखज्यूले रुलिङ गर्नुहुन्छ । त्यसपछि सरकारले समितिका सिफारिशहरु अनुसार कारबाही चलाउने क्रममा मात्रै यो प्रतिवेदन सार्वजनिक हुन्छ ।  आज हुँदैन ।’

समितिले दुई महिना लगाएर लेखेको प्रतिवेदनमा आइतबार मध्यरातसम्म सदस्यहरुबीच वादप्रतिवाद भएको थियो, जसका कारण समितिका केही सदस्यहरुले हस्ताक्षर गर्न मानेका थिएनन् ।

४० भन्दा बढी सहकारीका बचत रकम अपचलन गर्नेविरुद्ध कारबाही सिफारिशदेखि कतिपय नीति निर्माण गरी भविष्यमा बलियो नियमन गर्न सरकारलाई सिफारिश गर्दै यो प्रतिवेदन तयार भएको छ ।

प्रतिक्रिया