गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०७:३२
Dho

राष्ट्रिय दलित पत्रकार संघ बाजुराको अध्यक्षमा विसी र सचिवमा विक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ३१, २०८१
राष्ट्रिय दलित पत्रकार संघ बाजुराको अध्यक्षमा विसी र सचिवमा विक

बाजुरा : राष्ट्रिय दलित पत्रकार संघ बाजुराको अध्यक्षमा धन बहादुर विसी र सचिवमा प्रमित विक निर्विरोध निर्वाचित भएका छन् ।

आईतबार जिल्ला सदरमुकाम मार्तडीमा भएको दोस्रो जिल्ला अधिवेशनबाट ७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ ।

जसमा उपाध्यक्ष खेमराज मिजार, कोषाध्यक्ष सोधा नेपाली, सह–सचिव राजेन्द्र विक, सदस्यमा कमला चदाँरा, टेक बहादुर विक सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनमा पाँच जना बराबर एक जना केन्द्रीय र प्रदेश पार्षद समेत निर्विरोध चयन भएको निर्वाचन मण्डल सदस्य लक्ष्मीराज पाध्यायले गौमुल खबर डटकमसंग बताएका छन् ।

उनले दिएको जानकारी अनुसार केन्द्रीय पार्षदमा पाँच जना र प्रदेश पार्षदमा ६ जना पनि निर्विरोध चयन गरिएको छन् । केन्द्रीय पार्षद र प्रदेश पार्षदमा रमित विक, मदन विक, राम बहादुर विक, राजेन्द्र विक, सरिता नेपाली र धनकृष्ण विक चयन भएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी सचिव तथा दलित अगुवा काँशी विक रहनुभएको थियो ।

कार्यक्रममा दलित पत्रकार संघका केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, पत्रकार महासंघ जिल्ला शाखाका बाजुराका सचिव रमित विक अतिथि रहेका थिए ।

कार्यक्रममा प्रेस चौतारी प्रदेश सदस्य लक्ष्मीराज पाध्याय, प्रेस युनियन पूर्व अध्यक्ष प्रेम रौले, समाजवादी प्रेस संगठन केन्द्रीय सदस्य धनकृष्ण विक, प्रेस सेन्टरका राजेन्द्र विक लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया