गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०७:१५
Dho

पहुँच विहिनका पक्षमा कलम केन्द्रीत गर्न (एमाले) सचिव विकको आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ३१, २०८१
पहुँच विहिनका पक्षमा कलम केन्द्रीत गर्न (एमाले) सचिव विकको आग्रह

बाजुरा : नेकपा (एमाले) जिल्ला कमिटी सचिव तथा दलित अगुवा काँशी विकले समाजमा रहेका पहुँच विहिनका पक्षमा कलम केन्द्रीत गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

आईतबार राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्य समिति बाजुराको दोस्रो जिल्ला अधिवेशनको सम्बोधन गर्दै विकले यस्तो बताएका हुन् ।

समाज भित्र रहेका सम्भावना र समस्या केन्द्रीत सवाल उठान गरी जनताका आवाज बोलेर समाजको ऐनाको रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

जिल्लाको पत्रकारिता विस्तारै सफलताको बाटोमा हिडेको उल्लेख गर्दै पिँधमा रहेको दलित समुदाय हालसम्म विभेदको सिकार बनिरहेको धारणा राखेका छन् ।

दलित समुदाय कोटाका विषयमा मात्र बोल्छन् भन्ने आरोपलाई अस्वीकार गर्दै जातीय रुपमा अझै पनि समाजले सम्पूर्ण रुपमा स्वीकार गर्न नसकेको उल्लेख गरेका छन् ।

हालको व्यवस्था नेपाली जनताको त्याग र बलिदानबाट आएकोले जनता सशक्त बने मात्र समाज परिवर्तन हुने विश्वास गरेका छन् ।

हरेक किसिमका परिवर्तन व्यवस्थाले ल्याएका कारण नेपाली समाजमा विभेद नभएपनि आचरण, शैली र प्रवृत्तिका कारण हालसम्म दलित समुदाय विभेद सिकार बनिरहेको दोहोर्याएका छन् ।

समाजमा रहेका सामाजिक असमानताको अन्त्य भए मात्र नेपाली समाज परिवर्तन हुने भएका कारण यसमा आफु गम्भीर भएर लाग्ने वचन दिएका छन् ।

फरक प्रसंङ्गमा बोल्दै सचिव विकले पार्टीले समाज रहेका जातीय विभेद लगायत अन्य विभेदको अन्त्यका लागि टोलसम्मै सन्देश प्रवाह गर्ने बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ केन्द्रीय सदस्य बसन्त विश्वकर्माले समाजमा विभेद अझै कायमै रहेको बताएका छन् । विभेद गर्नेहरुका विरुद्ध राष्ट्रिय दलित पत्रकार संघ बाजुरा गम्भीर भएर लाग्न सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अब समाजमा रहेका अन्धविश्वास र भ्रष्टाचार केन्द्रीत बनेर कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।
    
    
 

प्रतिक्रिया