गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:००
Dho

सडक बालबालिकालाई सडकमुक्त बनाउन (एमाले) बाजुरा प्रतिबद्ध छ : अध्यक्ष ओली

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ २९, २०८१
सडक बालबालिकालाई सडकमुक्त बनाउन (एमाले) बाजुरा प्रतिबद्ध छ : अध्यक्ष ओली

बाजुरा : नेकपा (एमाले) जिल्ला कमिटी बाजुरा सडक बालबालिकालाई सडकमुक्त बनाउन प्रतिबद्ध रहेको छ । एक शुभकामना सन्देश मार्फत २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त बनाउने पार्टी केन्द्रको निर्णयको कार्यान्वयन गर्ने भएको छ । बालबालिका रहित सडक, सबै बालबािलकालाई शिक्षा अभियान सफल बनाउन नेकपा (एमाले) बाजुरा प्रतिबद्ध रहेको अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले बालबालिकालाई सुयोग्य देशप्रेमी नागरिक बनाऔं, घरपरिवार, समुदाय÷विद्यालय, सरकार, अन्र्तराष्ट्रिय समुदायको हातेमालो दह्रो बनाऔं भन्दै शुभकामना व्यक्त गरेका छन् । सबै प्रिय बालबालिकामा हृदयसंगम माया, उज्वल भविष्यको शुभकामनाका साथ सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई २०८१ सालभित्रै मुक्त गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएको छन् । बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन पार्टी लाग्ने बताएका छन् । “बालबालिकामा लगानी, सुनिश्चत भविष्यको थालनी” भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०८१ (सेप्टेम्बर १४) नेपालले युएनसीआरसी अनुमोदन गरेको दिन समेत हो । 
 

प्रतिक्रिया