गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३०
Dho

मुक्त हलिया सञ्जाललाई तालिम, हेप्ने र चेप्ने कुरालाई स्वीकार गरेर नबस्ने चेतावनी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २७, २०८१
मुक्त हलिया सञ्जाललाई तालिम, हेप्ने र चेप्ने कुरालाई स्वीकार गरेर नबस्ने चेतावनी

बाजुरा : गौमुल गाउँपालिकामा मुक्त हलिया सञ्जाललाई क्रियाशील बनाउन तालिम प्रदान गरिएको छ । एक कार्यक्रमका बीच कार्यक्रमको आयोजना गरिएको हो ।

समाजमा हालसम्म जातीय विभेद र अन्य बहिष्करण कायमै रहेका कारण आफुहरु यसको विरोध गर्ने गौमुल गाउँपालिका हलिया मुक्त सञ्जालका अध्यक्ष डबल चदाँराले बताएका छन् ।

दलितलाई हेर्ने दृष्टिकोण अझै पनि धेरै फरक रहेका कारण अब हिसाब किताब गरेर मात्र समर्थन वा विरोध गरिने बताएका छन् । गाउँपालिका भरिमा अभियानका रुपमा कार्यक्रम प्रभावकारी बनाएर अघि बढ्ने गरी सञ्जाल क्रियाशील हुने बताएका छन् ।

गाउँपालिकामा गठित सञ्जाललाई मुक्त हलियाको काम, कारबाही र क्रियाशील बनाउनका लागि तालिम प्रदान गरिएको लुथरन सामुदायिक कल्याणका सामाजिक परिचालक जन्सरी सार्कीले बताएकी छन् ।

पालिका स्तरीय मुक्त हलिया सञ्जाललाई जलवायु न्याय अपाङ्गगता सामाजिक समावेशीकरण र प्रमाणमा आधारित वकालत सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

स्थानीयदेखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत नेपालका सिमान्तकृत समुदाय र सामाजिक रुपमा बहिष्कृत जनशक्ति सशक्तिकरणमा लुथरन कार्यक्रमको सहयोग रहेको छ । गौमुल गाउँपालिका–४ का वडा अध्यक्ष अमर बहादुर विकले उक्त तालिमको प्रशिक्षकको रुपमा तालिम दिएका हुन् ।

तालिमका सहभागी कर्ण सार्कीले दलित अब धेरै माथि उठेका कारण हेप्ने र चेप्ने कुरालाई स्वीकार गरेर नबस्ने चेतावनी दिएका छन् । सदियौं देखि हरेक हिसाबले आफुहरुको समुदाय हेपेर राज गर्नेहरुले अब त्यो सपना नदेख्न आग्रह गरेका छन् ।

गौमुल गाउँपालिका हलिया मुक्त सञ्जालका अध्यक्ष डबल चदाँराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा रहेकी थिईन् ।

उनले दलित तथा हलिया समुदायको अवस्था माथि उठाउन खालका क्रियाकलाप गाउँपालिकाले सञ्चालन गरेर अघि बढ्ने बताएकी छन् ।

तालिममा मुक्त हलिया सञ्जाल गौमुल गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । तालिमले आफुहरुको चेतना स्तर बढेको सहभागीहरुले बताएका छन् । 
 

प्रतिक्रिया