गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१७
Dho

छत्रकोट गाउँपालिकाकी वडा सदस्य नेपाली पदमुक्त

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २७, २०८१
छत्रकोट गाउँपालिकाकी वडा सदस्य नेपाली पदमुक्त

काठमाडौं : गुल्मीको छत्रकोट गाउँपालिका ५ को दलित महिला वडासदस्य पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो । नेपाली नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित भएकी थिइन् ।

कांग्रेस केन्द्रीय समितिले उनलाई पदमुक्त गर्न आयोगलाई गरेको सिफारिस अनुसार पदबाट हटाइएको आयोगले जनाएको छ । नेपाली राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को नियम २२ को उपनियम २ र ३ बमोजिम पदमुक्त भएकी हुन् ।

 

प्रतिक्रिया