गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५२
Dho

शी लिड्स आइकनको विजेता बनाउन गौमुल उपाध्यक्ष थापाद्धारा भोटको अपिल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ २७, २०८१
शी लिड्स आइकनको विजेता बनाउन गौमुल उपाध्यक्ष थापाद्धारा भोटको अपिल

बाजुरा : शी लिड्स आइकनको विजेतामा दोस्रो नम्बरमा छनोट भएकी गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले आइकनको विजेता बनाउन भोटको अपिल गरेकी छन् । छनोटमा परेका देशभरका २७ जना महिला जनप्रतिनिधिलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेसंगै भोट गर्नको लागि खुल्ला गरिएको छ ।

आइकनले महिला जनप्रतिनिधिको काम र योगदानका आधारमा छनोट गर्ने क्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा दोस्रो नम्बरमा परेकी हुन् । थापा देशभरबाट २७ र सुदूरपश्चिमबाट ३ जना महिला मध्येबाट उत्कृष्ट दोस्रो नम्बरमा परेकी हुन् ।

भोट गर्नका लागि (अफलाई) अर्थात एसएमएस मार्फत ३१००३ डायल गरेर (अंग्रेजीमा Sli स्पेस ०२) मा एसएमएस पठाएर भोट गर्नुपर्नेछ भने (ई–सेवामा गएर समेत) भोट गर्नका लागि खुल्ला गरिएको छ ।

भोट गरेर विजेता बनेमा “महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहीता” क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई विश्व सामु पुर्याउने उदेश्य आइकनको रहेको छ ।

त्यसमध्ये ३ जनालाई विजेता घोषणा गर्दै ३ जना आइकनको कार्यस्थलमा पुगेर प्राविधिक टोली सहित वृत्तचित्र तयार पारिने भएको छ ।  यसरी तयार पारिएको वृत्तचित्रलाई सामाजिक सञ्जाल, टेलिभिजन र शी लिड्स फेलोको मदतबाट नेपालमा ५० भन्दा बढी स्थानीय तहमा प्रर्दशन गरिने र सो बारे जनमत संकलन गरिने छ ।

साथै विशिष्टिकृत अग्रता को आधारमा शी लिड्स आइकनहरूलाई राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी सम्मान गरिनेछ । महिला जन्मदै विभेदको सिकार हुदैं आधुनिक मानव समाजको मान्यता अनुसार पाउनुपर्ने सामान्य मानवीय अधिकारबाट समेत बञ्चित हुनुपर्ने कहाली लाग्दो दुर्दशाको भुमरीमा नेपाली महिलाहरुको जीवनपथको सुरुवात भएकाे हुन्छ ।

पृतिसत्तात्मक सोचको अदृश्य नेलकडीमा जकडिएर, रूढीवादी साँस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहित ममता र करूणालाई आँधी बेहरीमा दियो जोगाए झैं जोगाउदै नेपाली महिलाहरुले बिताउदै आएको जिन्दगी कुनै रण विजयी पात्रको कथा भन्दा कम हुदैन् ।

त्यसमा पनि सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनीतिक जस्तो बिहंगम् क्षेत्रमा आईपुगेका र राजनीतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहेका नेपाली महिलाहरुको जीवनगाथा भन्दा प्रेरणादायी कृति संसारमा अर्को हुन् सक्दैन होला ।

आजको विश्व समाजमा, नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेदहरु, दमनहरु, अपहेलनाहरु र अमानवीयता समेतलाई सामना गर्दै खास गरी राजनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्न नेपाली महिलाहरुले उठाउनुभएको जिम्मेवारीको पर्वत अनि प्रर्दशन गर्नुभएको वीरता र सहासको अदम्यता विश्वभरका महिलाहरुको निम्ति प्रेरणा र उर्जाको विपुल संग्रह बन्न सक्छन् । 

प्रतिक्रिया