गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५७
Dho

निरंकुशतन्त्र फाल्यौं, अहिलेका नेता झन् महानिरंकुश भए : मदनकृष्ण श्रेष्ठ

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ २६, २०८१
निरंकुशतन्त्र फाल्यौं, अहिलेका नेता झन् महानिरंकुश भए : मदनकृष्ण श्रेष्ठ

काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशबाट निरंकुशतन्त्र हटे पनि अहिलेका नेताहरू झन् महानिरंकुश भएको टिप्पणी गरेका छन् । हेम–सरिता पाठक फाउन्डेसनका संस्थापक हेम पाठकद्वारा रचित ‘भ्रष्टाचारको चपेटामा देश’ गीत मंगलबार सार्वजनिक गर्दै कलाकार श्रेष्ठले भ्रष्टाचार र अनियमितता मौलाएकामा पनि चिन्ता व्यक्त गरे ।

उनले आगामी २०८४ को चुनावमार्फत जनमतबाटै देशमा सुधार ल्याउनु पर्ने बताए । माथिल्लो पंक्ति नसुध्रिएसम्म तल सुधार नआउने भन्दै उनले पटक–पटक भोट भाग्न आउनेलाई जिताउन नहुने पनि बताए । ‘भ्रष्टाचार निर्मूल हुन जरुरी छ तर कसरी निर्मूल गर्ने त ?’

उनले भने, ‘राम्रो नेता छ भने माथिल्लो पंक्तिमा, तल्लो पंक्तिमा त्यसलाई भोट दिने, राम्रो छैन भने त्यसलाई हराइदिनु पर्छ । त्यसो भयो भने ठूलो मौका हुन्छ ।’ उनले एउटै नेता धेरैपटक प्रधानमन्त्री बन्न खोजे त्यसलाई पनि हराइदिनु पर्ने बताए ।

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासन अन्त्य गर्ने आन्दोलनमा अग्रपंक्तिमा उभिएका कलाकार श्रेष्ठले अहिलेका नेताहरूले जनताको भावना अनुसार शासन–प्रशासन सञ्चालन नगरेको भन्दै असन्तुष्टि जनाए ।

‘पहिलो पटक भोट माग्न आए राम्रो गर्ने, दोस्रो खेप पनि उही आए ठिकठिकै गर्ने, तेस्रो पटक आए घोक्राएर पठाउनु पर्छ,’ उनले भने, ‘हामीले निरंकुशतन्त्र फाल्यौं तर अहिलेका नेता झन् महानिरंकुश भए । त्यसैले अब त्यस्ता नेतालाई नदोहोर्‍याउने टार्गेट २०८४ को चुनाव हुनुपर्छ ।’

प्रतिक्रिया