गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१७
Dho

सहकारी प्रकरणमा कांग्रेस उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : गगन थापा

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ २५, २०८१
सहकारी प्रकरणमा कांग्रेस उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने बताएका हुन्।

गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने उनको भनाई छ।

कुनै पनि प्रकरणमा कानुनको उलंङ्घन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाले बताए।

उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने धारणा राखे।

त्यस्तै थापाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी भइरहको जानकारी दिए।

उनले सबैको बीचमा सहमति कायम गरेर अहिलेको व्यवस्थालाई सुदृढ गर्ने गरि राजनीतिक स्थायीत्वलाई प्राथमिकतामा राख्ने गरि न्यूनतम साझा कार्यक्रम बनाइने जानकारी दिए।

त्यस्तै मुलुकको अर्थतन्त्रको सुधारका साथै जनतालाई परिवर्तनको महसुस हुनेगरि काम गर्नका लागि आवश्यक साझा कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिए। 

प्रतिक्रिया