गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५३
Dho

स्यालले टोक्दा ५ जना घाइते

धनगढी
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ २५, २०८१
स्यालले टोक्दा ५ जना घाइते

धनगढी : कञ्चनपुरमा स्यालले टोक्दा ५ जना घाइते भएका छन् । बौलाह स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका  ५ जना घाइते भएका हुन् ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी, ६३ वर्षीया गंगादेवी सिंह, ६३ वर्षीया वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराले जनाएका छन ।  

घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उक्त स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ । 
 

प्रतिक्रिया