गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:४८
Dho

मलाई कारबाही गर्नुस् : डाक्टर रावल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, भदौ २५, २०८१
मलाई कारबाही गर्नुस्  : डाक्टर रावल

अछाम : नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई कारवाही गरेर देखाउन चुनौती दिएका छन् । मंगलबार प्रेस चौतारी अछामले साँफेबगरमा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले पार्टीको सिद्धान्त र विधीअनुसार चल्नुपर्छ भन्ने मत राखेकै कारण कारवाही गरेर देखाउन चुनौती दिएका हुन् ।

‘पार्टीको सिद्धान्तलाई जोगाउनुपर्छ । विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण कारवाही गरिन्छ भने गरेर देखाउन ठाडो चुनौतीदिन्छु,’ रावलले भने, ‘पार्टीले यो चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि नै चालौँला ।’

देश, जनता र पार्टीले लिएको नितीको पक्षमा आफू दृढतापूर्वक उभिएको बताउँदै रावलले केही मानिसले बिझाउने काम गरेको आरोप लगाएका छन् । तर त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन सक्षम भएको दाबी गरे ।

‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका बारेमा म जानकार नै छु,’ रावलले भने, ‘म सबै कुरा थाहा पाएर आफ्नो अडानमा अबिचलित छु ।’ रावलले पार्टीको विचार बोकेर दृढताका साथ अघि बढ्न पनि पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भनेर चलाइएको हल्लामा कुनै सत्यता नरहेको बताउदै रावलले कार्यकर्ताको चाहाना र सुझावअनुसार अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया