गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०७:२४
Dho

शी लिड्स आईकनका लागि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा छनोट

बाजुरा
रमित वि.क.
मङ्गलबार, भदौ २५, २०८१
शी लिड्स आईकनका लागि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा छनोट

बाजुरा : शी लिड्स आइकन (कल्प) ले शी लिड्स आईकनका लागि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा छनोट गरेको छ । देशभरका २७ जना महिला जनप्रतिनिधिलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । आईकनले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी २७ जना महिला जनप्रतिनिधिलाई सार्वजनिक गरेको हो ।

आईकनले महिला जनप्रतिनिधिको काम र योगदानका आधारमा छनोट गर्ने क्रममा गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा दोस्रो नम्बरमा परेकी हुन् । थापा देशभरबाट २७ र सुदूरपश्चिमबाट ३ जना महिला मध्येबाट उत्कृष्ट दोस्रो नम्बरमा परेकी हुन् । 

जसमा सुदूरपश्चिमबाट ३ जना, कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट ७ र कर्णाली प्रदेशबाट ४ जना महिला जनप्रतिनिधिहरु जनमतका लागी छनोट गरिएको छ ।  प्रतिस्पर्धाको लागि खुल्ला रूपमा महिला जनप्रतिनिधिलाई सहभागिताका लागि आव्हान गरिएको थियो ।

जसमा कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११,लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिमबाट १५ जना गरी जम्मा १४० जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको आयोजक संस्थाले जानकारी गराएको छ ।

“महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता” क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई विश्व सामु पुर्याउने उदेश्यले सुरु भएको कार्यक्रममा विभिन्न स्थनीय तहका १४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको थियो ।

जस मध्ये १२८ जना महिला जनप्रतिनिधिलाई राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडड़ाको निर्णायक मण्डलले २७ जनालाई छनोट गरिएको बताएको छ । आयोजक संस्थाका अनुसार छनोट भएका २७ जनालाई २० दिनको समय दिएर जनमतका लागि लगिने भएको छ ।

त्यसमध्ये ३ जनालाई विजेता घोषणा गर्दै ३ जना आईकनको कार्यस्थलमा पुगेर प्राविधिक टोली सहित वृत्तचित्र तयार पारिने भएको छ ।  यसरी तयार पारिएको वृत्तचित्रलाई सामाजिक सञ्जाल, टेलिभिजन र शी लिड्स फेलोको मदतबाट नेपालमा ५० भन्दा बढी स्थानीय तहमा प्रर्दशन गरिने र सो बारे जनमत संकलन गरिने छ ।

साथै विशिष्टिकृत अग्रता को आधारमा शी लिड्स आईकनहरूलाई राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी सम्मान गरिनेछ । संस्थाको अध्यक्ष पूजा कोईरालाका अनुसार महिला जन्मदै विभेदको सिकार हुदैं आधुनिक मानव समाजको मान्यता अनुसार पाउनु पर्ने सामान्य मानवीय अधिकारबाट समेत बञ्चित हुनुपर्ने कहाली लाग्दो दुर्दशाको भुमरीमा नेपाली महिलाहरुको जीवनपथको सुरुवात हुन्छ ।

पृतिसत्तात्मक सोचको अदृश्य नेलकडीमा जकडिएर , रूढीवादी सांस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहित ममता र करूणालाई आँधि बेहरीमा दियो जोगाए झै जोगाउदै नेपाली महिलाहरुले बिताउदै आएको जिन्दगी कुनै रण विजयी पात्रको कथा भन्दा कम हुदैन् ।

त्यसमा पनि सामाजिक व्यवस्थालाई नेतृत्व गर्ने राजनीतिक जस्तो बिहंगम् क्षेत्रमा आईपुगेका र राजनीतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहेका नेपाली महिलाहरुको जीवनगाथा भन्दा प्रेरणादायी कृति संसारमा अर्को हुन सक्दैन होला ।

आजको विश्व समाजमा, नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेदहरु, दमनहरु, अपहेलनाहरु र अमानवीयता समेतलाई सामना गर्दै खास गरी राजनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्न नेपाली महिलाहरुले उठाउनुभएको जिम्मेवारीको पर्वत अनि प्रर्दशन गर्नुभएको वीरता र सहासको अदम्यता विश्वभरका महिलाहरुको निम्ति प्रेरणा र उर्जाको विपुल संग्रह बन्न सक्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । 

छनोट भएका महिला जनप्रतिनिहरु

नाम पद स्थानीय तह जिल्ला  प्रदेश
विमला कुमारी शाही उपाध्यक्ष तुर्माखाँद गाउँपालिका अछाम सुदूरपश्चिम प्रदेश
सीता थापा उपाध्यक्ष गौमुल गाउँपालिका बाजुरा सुदूरपश्चिम प्रदेश
धाना धामी उपाध्यक्ष सिगास गाउँपालिका बैतडी सुदूरपश्चिम प्रदेश
सरस्वती दर्लामी चिदी अध्यक्ष बगनासकाली गाउँपालिका पाल्पा लुम्बिनी प्रदेश
विमला अर्याल प्रमुख सुनवल नगरपालिका  नवलपरासी लुम्बिनी प्रदेश
भुपेन्द्रा बुढा उपाध्यक्ष पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्व लुम्बिनी प्रदेश
सीता गिरी उपाध्यक्ष धुर्कोट गाउँपालिका गुल्मी लुम्बिनी प्रदेश
सरिता खड्का उपाध्यक्ष मदाने  गाउँपालिका गुल्मी लुम्बिनी प्रदेश
सावित्रा देवी अर्याल उपप्रमुख बुटवल उप-महानगरपालिका रुपन्देही लुम्बिनी प्रदेश
गीता आचार्य उपप्रमुख रोल्पा नगरपालिका रोल्पा लुम्बिनी प्रदेश
ममता महतो उपाध्यक्ष पटेर्वा सुगौली गाउँपालिका पर्सा मधेश प्रदेश
फुल कुमारी सिंह उपाध्यक्ष बटेश्वर गाउँपालिका धनुषा मधेश प्रदेश
सविता अर्याल उपाध्यक्ष सिद्धलेक गाउँपालिका  धादिङ बागमती प्रदेश
बाल कुमारी कार्की थापा उपप्रमुख रामेछाप नगरपालिका  रामेछाप बागमती प्रदेश
तारा राना तिमल्सिना उपाध्यक्ष बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चाेक बागमती प्रदेश
विमला सापकोटा (दाहाल) उपप्रमुख बनेपा नगरपालिका काभ्रेपलाञ्चाेक बागमती प्रदेश
गण्डकी थापा अधिकारी अध्यक्ष बडिगाड गाउँपालिका बागलुङ गण्डकी प्रदेश
दिवा कुमारी तिलिजा पुन उपाध्यक्ष अन्नपूर्ण गाउँपालिका म्याग्दी गण्डकी प्रदेश
रीता देवकोटा उपाध्यक्ष सिरानचोक गाउँपालिका गोरखा गण्डकी प्रदेश
गीता देवी तिम्सिना गौतम उपाध्यक्ष मेन्छयायेम गाउँपालिका तेह्रथुम कोशी प्रदेश
मीना कुमारी खतिवडा पौडेल उपप्रमुख उर्लाबारी नगरपालिका मोरंग कोशी प्रदेश
आशा शिवाकोटी उपप्रमुख कनकाई नगरपालिका झापा कोशी प्रदेश
रेगीना भट्टराई प्रसाई उपप्रमुख दमक नगरपालिका झापा कोशी प्रदेश
अल्किना बम उपाध्यक्ष पचालझरना गाउँपालिका कालिकोट कर्णाली प्रदेश
सनसिल्ता वली (डिसी) उपाध्यक्ष कालिमाटी गाउँपालिका सल्यान कर्णाली प्रदेश
 तप्ता थापा उपप्रमुख नारायण नगरपालिका दैलेख कर्णाली प्रदेश
मञ्जु कुमारी शर्मा (पाण्डे) उपाध्यक्ष महाबु गाउँपालिका दैलेख कर्णाली प्रदेश

प्रतिक्रिया