गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:४८
Dho

काँग्रेसका वडा सदस्यका उम्मेदवार एमालेमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ २४, २०८१
काँग्रेसका वडा सदस्यका उम्मेदवार एमालेमा

बाजुरा : गौमुल गाउँपालिका–५ एक परिवार एमालेमा प्रवेश गरेका छन् । विगत लामो समयदेखि नेपाली काँग्रेसको क्रियाशील सदस्य बिर्ख रोकायाले पार्टी परित्याग गरेका हुन् ।

नक्राडा टोल घर भएका रोकाया २०७९ को स्थानीय तहकाे निर्वाचनमा काँग्रेसबाट वडा सदस्यको उम्मेदवार बनेका थिए । लामो समय काँग्रेसमा आस्थावान रोकायाको सिंगो परिवार एमालेमा समाहित भएका हुन् ।

एमाले गौमुल गाउँ कमिटीको बैठकमा पार्टी प्रवेश भएका हुन् । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा गौमुल इन्चार्ज कलक बहादुर सिंह, जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा लगायत जिल्ला कमिटीका नेताहरुले स्वागत गरेका हुन् । 

 

प्रतिक्रिया