गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०३
Dho

एमाले गौमुल जनताका गुनासो सुन्न गाउँ जाने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ २४, २०८१
एमाले गौमुल जनताका गुनासो सुन्न गाउँ जाने

बाजुरा : नेकपा (एमाले) गौमुल गाउँ कमिटी जनताका समस्या र गुनासा सुन्न गाउँ केन्द्रीत हुने भएको छ । गौमुलमा दुई कार्यकाल सत्ता समालेको एमाले पार्टी र सरकारसंगका गुनासा र समस्या सुन्ने गरी टोलमा पुग्ने अध्यक्ष मोहन रोकायाले बताएका छन् ।

पार्टी, सरकार र जनता बीचको सम्बन्ध थप सुदृढ बनाउने गरी गाउँ तथा टोलमा पुगेर सरकारले गरेका क्रियाकलाप प्रति जनताका कुरा सुन्ने भएको छ । “गौमुल गाउँ कमिटीको घर, टोल वडामा अभियान, पार्टी र स्थानीय सरकारसंगको गुनसोको पहिचान” नारा लिएर गाउँ छिर्ने भएको छ ।

पार्टी गाउँ कमिटीको तेस्रो पूर्ण बैठकले २५ जनाको सचिवालय गठन, ६ वटै वडामा आगामी मंसिर भित्र पार्टीको प्रशिक्षण कार्यक्रम सक्ने समेत निर्णय गरिएको छ । साथै पार्टीले आचारसंहिता कायम गरेको सम्पूर्ण कार्यकर्ताले पालना गर्नुपर्ने र सबै वडाका टोल कमिटी तत्काल गठन गर्ने गरी निर्णय गरिएको सचिव धन बहादुर बोहराले बताएका छन् ।

बैठकले ६ वटा विभाग गठन तथा बाँडफाड समेत गरी जिल्ला कमिटीबाट विभिन्न वडाको वडा इन्चार्जको जिम्मेवारी पाउनेलाई बधाई समेत ज्ञापन गरेको छ । गाउँ कमिटीको जिम्मेवारीमा रहेका सदस्य तथा पदाधिकारीहरु तीन बढी बैठकमा सहभागी नभएमा स्वतः पद रिक्त गर्ने गरी निर्णय गरिएको छ ।

गाउँ कमिटीको बैठकले पार्टीलाई चुस्त दुरुस्त रुपमा राख्न आन्तरिक लेखा परीक्षण गरी पार्टीको कारोबार व्यवस्थित तरिकाले राख्ने भएको छ । पार्टीको बैठकले पदाधिकारीलाई मासिक ५० रुपियाँ र सदस्यहरुलाई ३० रुपियाँ बैठक शुःल्क निर्धारण समेत गरेको छ । साथै सबै पदाधिकारी तथा सदस्यहरुले बैठकमा अनिवार्य परिचय पत्र कार्ड झुन्ड्याएर उपस्थित हुने गरी कायम गरेको छ ।

गाउँ कमिटी अध्यक्ष मोहन रोकायाको अध्यक्षतामा आयोजित बैठकमा प्रदेश कमिटी सदस्य तथा गौमुल इन्चार्ज कलक बहादुर सिंह, जिल्ला कमिटी सचिवालय सदस्य सीता थापा, जिल्ला कमिटी सदस्य गोरख बोहरा, धनलक्ष्मी जैशी, गीता रोकाया, देव रोकाया, देवेन्द्र रोकाया, अमर विक, राजिव रोकाया र शान्ति विक लगायतको उपस्थिति रहेको थियो ।

घट्मुनामा आयोजना गरिएको बैठकको सञ्चालन पार्टी सचिव धन बहादुर बोहराले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष निर्मला बोहरा धामीले गरेको कार्यक्रमा गाउँ कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया