गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१३
Dho

जनताका आवश्यकता पूरा गर्न छोडेर व्यक्ति बन्न लागे : थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ २४, २०८१
जनताका आवश्यकता पूरा गर्न छोडेर व्यक्ति बन्न लागे : थापा

बाजुरा : नेकपा (एमाले) बाजुराका सचिवालय सदस्य सीता थापाले पार्टी र सरकार एक ठाउँमा भएर गरिब जनताको मुहारमा खुसी ल्याउन जरुरी रहेको बताएकी छन् । संगठनमा एकले अर्कोलाई सिध्याउने रणनीति हावी बनेकोले यस्तो चरित्रले सबैको लागि घातक हुनेमा सचेत हुन जरुरी रहेको उल्लेख गरेकी छन् ।

पार्टी एकताका लागि सामूहिक एकता अनिवार्य चाहिँने भएका कारण मनमा छलकपट गर्नेहरु आफै सकिने बताएकी छन् । जनताका आधारभूत आवश्यकता पूरा गर्न छोडेर धेरै व्यक्तिहरु आफु बन्न लागेकोले यसमा जनताहरु सचेत बनिसकेकोमा जोड दिएकी छन् । व्यक्तिले मात्र संगठन बलियो हुने नभएका कारण सबैको मनोभावना अनुसार नै संगठन सशक्त बन्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया