गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१०
Dho

एकता र मेलमिलापको भावनाका साथ पार्टी संगठन बलियो हुन्छ : सिंह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ २४, २०८१
एकता र मेलमिलापको भावनाका साथ पार्टी संगठन बलियो हुन्छ : सिंह

बाजुरा : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा गौमुल इन्चार्ज कलक बहादुर सिंहले पार्टी संगठन एकता र मेलमिलापको भावनाका साथ नै बलियो हुने बताएका छन् ।

नेकपा (एमाले) गौमुल गाउँ कमिटीको तेस्रो पूर्ण बैठकको सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् । संगठन बलियो बनाउनका लागि सबैले एक भएर जानुपर्ने र गलत विचार र भावनालाई मनभित्रबाट हटाउनुपर्नेमा जोड दिएका छन् ।

एकले अर्कोको कुरा काट्ने र संगठनमा बसेर स्वार्थ लिने नाममा अनेकन गलत भाष्य निर्माण गर्ने गतिविधि सैह्य नहुने उल्लेख गरेका छन् । केही तत्वहरु संगठनको नाम बेचेर व्यक्तिगत स्वार्थ केन्द्रीत बनेर संगठन कमजोर पार्ने दाउमा लागेको आरोप लगाएका छन् ।

एक्लै व्यक्तिले मात्र संगठन बलियो नहुने भएका कारण सबैको सामूहिक एकताले मात्र सम्भव हुने भएकाले एकता हुन जरुरी रहेको बताएका छन् । 

प्रतिक्रिया