गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२६
Dho

आजबाट एसईई परीक्षा सुरू, बाजुरामा ३ हजार २ सय ६६ जना बिद्यार्थीहरु सहभागी

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०९, २०७९
आजबाट एसईई परीक्षा सुरू, बाजुरामा ३ हजार २ सय ६६ जना बिद्यार्थीहरु सहभागी

बाजुरा : माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ । 

कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । शुक्रबारबाट संचालन भएको एसईई परिक्षा बाजुरामा ३ हजार दुई सय ६६ परीक्षार्थी सहभागी  भएका छन । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ देखि सञ्चालन हुने भएको छ ।

शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा बाजुरामा १५ परीक्षा केन्द्रमा एसईई परिक्षा संञ्चालन हुने जिल्ला शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ  ।

परीक्षामा ३ हजार दुई सय ६६ जना बिद्यार्थीहरु सहभागी भएका  जिल्ला शिक्षा विकास समन्वय समिति कार्यालयका प्रमुख हर्क बहादुर सिंहले जानकारी दिएका छन ।

नियमिततर्फ ३ हजार १ सय ८८ र ग्रेड वृद्धितर्फ ७८ विद्यार्थी सहभागी हुने भएका छन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन । बाजुराबाट एसईई परिक्षा परिक्षार्थी मध्ये १ हजार ६ सय ३३ छात्र र १ हजार ५ सय ५५ जना छात्रा रहेकी छन । एसईई परिक्षामा १५ केन्द्रमा सञ्चालन हुने परिक्षामा ६५ माध्यामिक बिद्यालयका बिद्यार्थिहरुको सहभागीता  रहेका छन । एसईई परीक्षा वैशाख २० गते सकिने छ ।

यसैबीच गौमुल गाउँपालिकामा रहेको कीर्तिचौर माध्यामिक विद्यालयमामा समेत एसईई परीक्षा सुरु भएको छ । उतm विद्यालयमा अम्लिस मावि, फुलपाटा मावि, जनज्योति मावि, बालविकास मावि र मानाकोट मावि मानाकोटका ९३ जना विद्यार्थी सहभागि भएका छन् । गौमुल गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख राम नाथले बताएका छन् ।
परीक्षामा ३ जना परीक्षार्थी सहभागि नभएको केन्द्राध्यक्ष खडक बहादुर शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया