गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२१
Dho

क्यान्सर र मृगौला पीडितलाई वडा सरकारले आर्थिक सहयोग गर्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, भदौ २३, २०८१
क्यान्सर र मृगौला पीडितलाई वडा सरकारले आर्थिक सहयोग गर्ने

बाजुरा : गौमुल गाउँपालिका–६ को वडा कार्यालयले वडामा रहेका दुई जना बिरामीहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । आर्थिक अवस्था अत्यन्त दयनीय अवस्थामा रहेका कारण वडा सरकारको बैठकले सहयोग गर्ने निर्णय गरेको वडा अध्यक्ष प्रकाश बहादुर रोकायाले बताएका छन् ।

वडाको गैरीबाडा टोलका एकै घरका दुई जना क्यान्सर र मृगौला पीडितलाई सहयोग गर्ने निर्णय गरिएको वडा अध्यक्ष रोकायाले बताएका हुन् । उक्त टोलका क्यान्सर पीडित सिरे विक र मृगौला पीडित बिस्ना विकलाई आर्थिक सहयोग गर्ने गरी निर्णय गरिएको हो ।

उनीहरु क्यान्सर र मृगौला रोगले ग्रसित बनेका छन् । जनताको सेवालाई जहिले पनि शिरोधार्य गरेरै आफु नियमित सेवामा समर्पित भएका कारण सुखदुःखमा सकेजति सहयोग गर्न तयार रहेकोमा जोड दिएका छन् ।

उपचार सम्भव वडाले सहयोग गरेकै आधारमा हुने नभएपनि केही राहतका लागि वडाले सहयोग गर्ने निर्णय गरेको हो । उपचारका लागि समस्या भईरहेको बेला वडा सरकारले समेत आर्थिक सहयोग गर्ने भएपछि बिरामी परिवारका आफन्तलाई केही राहत महसुस हुने भएको छ ।

वडा कार्यालयमा बसेको चौथो बैठकले वडाभित्र रहेका सामुदायिक विद्यालयहरुले यहीँ भाद्र २९ गते पर्ने राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरी सहयोग गर्ने निर्णय समेत गरेको वडा सचिव कमला रेग्मीले बताएकी छन् ।

बैठकले गाउँपालिकाले लिएको देशका लागि दुई कार्यक्रम कार्यान्वयनको नीतिमा सहयोग गर्ने सम्पूर्ण वडाबासीलाई धन्यवाद दिने निर्णय समेत गरेकाे छ । हरेक कामका लागि बजेट फर्खिनुपर्ने मानसिकताको अन्त्यका लागि वडाबासीले हरेक समयमा सामाजिक कार्य गरिरहेको बैठकमा समीक्षा गरिएको वडा सदस्य कलक चदाँराले बताएका छन् ।

वडा सरकारले सकेजति जनताको सेवामा सिंगो टिम दिनरात नभनी खट्ने बैठकले निर्णय गरेको छ । जनप्रतिनिधिका कारण कुनै पनि विवाद नहुने गरी टिम लाग्ने भएको छ ।

जनताको भावना माथि कुनै आँच नआउने गरी वडा सरकारले निर्णय गरी दैनिक जनजीवनसंग जोडिने भएको छ ।  जनता र जनप्रतिनिधि बीचको सम्बन्ध थप सुमधुर बनाउनका लागि प्रत्येक टोल र वडाका जनताका गुनासा र समस्या बुझ्न गाउँ केन्द्रीत हुने गरी वडा सरकार लाग्ने भएको छ ।

बैठकमा वडा सदस्य कलक चदाँरा, राजिन्द्रा विष्ट रोकाया, धना विक, वडा सचिव कमला रेग्मी, कर्मचारी दीपेन्द्र रोकाया लगायतको उपस्थिति रहेको थियो । बैठक वडा कार्यालयको केन्द्र घट्मुनामा बसेको हो । 

प्रतिक्रिया