गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२८
Dho

सामाजिक सञ्जालको सञ्चालन सहित महत्त्वपूर्ण विधेयकरू भदौभित्रै अघि बढ्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ १७, २०८१
सामाजिक सञ्जालको सञ्चालन सहित महत्त्वपूर्ण विधेयकरू भदौभित्रै अघि बढ्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ मसान्तसम्म सञ्चारसम्बन्धी महत्त्वपूर्ण विधेयकहरू अघि बढ्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीसँग भएको १०० दिनको कार्यसम्पादन सम्झौताअनुसार भदौ मसान्तसम्म सञ्चारसम्बन्धी महत्त्वपूर्ण विधेयकहरू अघि बढ्ने बताए।

उनले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक र सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषदमा भदौ मसान्तसम्म पेस गर्ने बताए।

त्यस्तै दूरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयकलाई संशोधन गर्नुपर्ने र डाटा सेन्टरलाई सञ्चालनका लागि मापदण्ड तयार गरिने उनले बताए।

त्यस्तै सरकारी इमेल सञ्चाल सम्बन्धी कार्यविधि तयार गरी छलफलका लागि सार्वजनिक गरिने उनले बताए। मन्त्री गुरुङले एआईसम्बन्धी नीति असोज मसान्तसम्म तयार गर्ने, सुरक्षण मुद्रणसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गराउने काम पनि दसैंअघि नै सम्पन्न हुने बताए।

ब्रोडब्याण्ड नीति २०८१ को मस्यौदा तयार गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सेवा असोज मसान्तभित्रै थप ३० निकायमा पुर्‍याइने उनको भनाइ छ। 

प्रतिक्रिया