गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३९
Dho

पर्यटन नीति परिमार्जनको तयारीमा छौं : मन्त्री बद्री पाण्डे

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ १७, २०८१
पर्यटन नीति परिमार्जनको तयारीमा छौं : मन्त्री  बद्री पाण्डे

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति परिमार्जनको तयारी भइरहको बताएका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औं वार्षिक साधारणसभामा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीति परिमार्जनको प्रक्रियामा रहेको बताए।

उनले संस्कृति नीति, हवाइ नीति पनि परिमार्जनको प्रक्रियामा रहेको बताए। मुलुकको नागरिक उड्ययनको क्षेत्रलाई सुधार गर्नका लागि नियामक निकाय र सेवा प्रदायकलाई फरक बनाउनका लागि आवश्यक कानुन टुङ्याउने क्रममा रहेको उनले बताए।

उनले नागरिक उड्ययनको क्षेत्र सुधार नभएसम्म प्रयाप्त पर्यटन भित्राउन नसकिने धारणा राखे। मन्त्री पाण्डले लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडानका लागि अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकसँग आग्रह गरिरहेको जिकिर गरे।

नागरिक उड्ययन क्षेत्रमा देखिएको चुनौतीको समाधान गर्न निजी क्षेत्रको सार्थक हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिए। त्यस्तै मन्त्री पाण्डेले संस्कृति र प्रकृतिको महत्त्वलाई एकीकृत ढंगले व्याख्या गरेर बुझाउन सके मुलुकको पर्यटन क्षेत्रको विकास हुने बताए। 

प्रतिक्रिया