गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५५
Dho

बाजुराकी एक महिला भारतमा बेपत्ता

गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख ०७, २०७९
बाजुराकी एक महिला भारतमा बेपत्ता

बाजुरा : बाजुराकी एक महिला भारतमा दुई दिनदेखि बेपत्ता भएकी छन् । भारतको उत्तराखण्ड पौडी गडवालबाट बडीमालिका नगरपालिका–८ का प्रेम ऐडीकी श्रीमती चन्दा ऐडी बेपत्ता भएकी हुन् । 

 दुई दिनदेखि बेपत्ता रहेकी ऐडीको खोजी कार्यका लागि विभिन्न निकायमा खबर गर्दा समेत हालसम्म पत्ता नलागेको उनका आफन्त दिपक ऐडीले बताएका छन् ।

उनको परिवार रोजगारीका सिलशीलामा लोमो समयदेखि भारतमा बस्दै आएका थिए । बेपत्ता ऐडीका श्रीमान ड्युटीमा गएको समयमा डेढ वर्षको छोरासहित ५० हजार रुपैयाँ भारु नगद लिएर फरार भएकी उनको श्रीमानले बताएका छन् । बेपत्ता ऐडीको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ । 

प्रतिक्रिया