गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३५
Dho

राष्ट्रिय वाणिज्य बैंक बाजुराले सुचारु गर्यो एटिएम सेवा

गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख ०७, २०७९
राष्ट्रिय वाणिज्य बैंक बाजुराले सुचारु गर्यो एटिएम सेवा

राष्ट्रिय वाणिज्य बैंक बाजुराले एटिएम सेवा आजबाट सुचारु गरेको छ । सरकारको स्वामित्वमा रहेको अर्धसरकारी रष्ट्रिय वाणिज्य बैंक बाजुराले पहिलो पटक एटिएम सेवा सरु गरेको हो । 

जिल्लाको पहिलो बैंकका रुपमा जनतालाई सेवा प्रवाह गर्ने गरी स्थापन भएको बैंकले लामो समयपछि एटिएम सेवा सुचारु गरेको राष्ट्रिय वाणिज्य बैंक बाजुराका शाखा प्रवन्धक टिकाराम बुढाले बताएका छन् ।

आर्थिक कारोबार गर्दा चेकबाट नभई एटिएम सेवा लिन सहज हुने भएकाले सेवा सुचारु गरिएको हो । लाइनम लागेर चेक साट्नु पर्ने बाध्यता कम गर्न ग्राहकलाई आवश्यक परेको बेला जतिबेला पनि एटिएमबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यका साथ उक्त सेवा सुचारु गरिएको प्रवन्धक बुढाले बताए ।  

वाणिज्य बैंकले विधिवत रुपमा संचालनमा ल्याएको हो । ग्राहकलाई  समस्या परेका बेला बैंकमा राखिएको रकम सजिलैसँग झिक्न पाउने गरी सेवा सुचारु गरिएको छ । 

एटिएम आउटलेटको विधीवत रुपमा बैंक शाखाका प्रवन्धक टिकाराम बुढाले गरेका हुन् । त्यस्तै कोल्टीमा रहेको वाणिज्यको शाखामा पनि केही दिनमा एटिएम सेवा सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया